अमेरिकाको ग्रिनकार्ड, नेपालको विवाह र जन्मदर्ता

January 10, 2020

–विनोद रोका

एर्टनी एट ल, न्युर्योक

अमेरिकी अध्यागमन कानुनअनुसार अमेरिकाका नागरिक वा ग्रिनकार्ड भएका व्यक्तिहरुले आफ्नो नजिकका नातेदारहरु, श्रीमती, श्रीमान्, छोराछोरी, आदिलाई अमेरिकामा स्थायी रुपबाट बस्नका लागि स्पोन्सर गर्न सक्दछन् । यसरी स्पोन्सर गर्ने निवेदन दिने व्यक्तिले विवाह तथा जन्म भएको मितिले ३५ दिन वा तोकिएको म्यादभित्रै अधिकारप्राप्त स्थानीय निकायमा गई विवाह वा जन्म दर्ता गराई सोको प्रमाण पत्र लिनु पर्दछ ।

जस्तो व्यक्तिहरुका बीचमा दाबी गरिएको नाता रहेको तथ्य प्रमाणित गर्दछ । यदि कसैले विवाह तथा जन्मदर्ताको प्रमाणपत्र म्याद नाघिसकेको धेरै समयपछि गराएर लिएको रहेछ भने अमेरिकी अध्यागमन विभागले सामान्यतया मान्यता दिँदैन ।

यस्तो अवस्था रहेमा सामान्यता सेकेण्डरी ईभिडेन्सबाट विवाह वा जन्म भएको तथ्य प्रमाणित गरिनु पर्दछ । जसले विवाहद्वारा लोग्ने र स्वास्नीको नाता कायम भएको मिति । त्यस्तै व्यक्ति जन्मिएको मिति तथा जन्म दिने आमा र बाबुको नाम उल्लेख भएको होस् । यसका लागि सर्वप्रथमतः स्थानीय निकायबाट उक्त व्यक्तिको म्यादभित्रै विवाह वा जन्म दर्ताको अभिलेख कार्यालयको अभिलेखमा छैन भन्ने व्यहोराको आधिकारीक पत्र चाहिन्छ । अनि त्यो व्यक्तिको विवाह वा जन्म भएको समयमा कम्तीमा १८ वर्ष पुगेका २ जना बुढापाका नातेदार । छिमेकीहरुले नोटराईज्ड एफिडेभिट दिनु पर्दछ । यस्ता व्यक्तिले विवाह वा जन्म भएको मिति प्रत्यक्ष रुपले थाहा पाएका हुनु पर्दछ ।

यसका अतिरिक्त अन्य पुराना प्रमाणहरु पनि पेस गर्नु पर्दछ । जस्तै, विभिन्न समयमा लिएका पुराना फोटा, पत्राचार, स्कुल, चिना, अस्पताल, सरकारी अभिलेख, बैंक, इन्सुरेन्स आदि अभिलेख जहाँ व्यक्तिहरुका बीचको नाता सम्बन्ध, विवाह र जन्म भएको मिति उल्लेख भएको होस् । र यस्ता एफिडेभिटहरु नेपाली भए अंग्रेजीमा । नेपाली र अंग्रेजी दुवै भाषामा दक्ष भएको व्यक्तिद्वारा रितपूर्वक अनुवाद गरिएको हुनु पर्दछ । यस्तो व्यक्ति नोटरी पब्लीक हुनु पर्दैन ।

नेपालबाट ल्याइएको नोटराईज्ड एफिटडेभिट र अंग्रेजीको अनुवाद अमेरिकी अध्यागमनको प्रयोजनका लागि सामान्यतया काम लाग्दैनन् किनकि यसमा यहाँको नियमानुसार रित पुगेको हुँदैन ।

कहिलेकाहीं अध्यागमन विभागले यी माथिका प्रमाणहरुले मात्रै पनि विश्वास गर्दैन । यदि रगतको नाताको आधारमा सम्बन्ध स्थापित गरिनु पर्ने रहेछ भने । जस्तो कि मातापिता र छोराछोरी अनि दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्ध । यस्तो अवस्थामा अध्यागमन विभागले निवेदकलाई आफ्नै खर्चमा अमेरिकी एसोसिएसन अफ ब्लड बैंक एएबिबीद्वारा मान्यता प्राप्त लेबोरोटरीबाट डिएनए टेस्ट गराएर त्यस्को रिजल्ट पेस गर्ने सुझाब दिन्छ । भनिन्छ, डिएनए टेस्टले ९९.५ प्रतिशतको आधारमा वक्तिहरुको बीचमा रहेको भनिएको सम्बन्ध छ भनि पुष्टि गरिनु पर्दछ ।

https://www.info.com/serp?q=aabb%20accreditation&segment=info.0092&s1aid=2175865738&s1cid=1594409642&s1agid=57033315021&s1kid=kwd-305933249478&utm_source=adwords&gclid=Cj0KCQiAuefvBRDXARIsAFEOQ9GXYXysQjL9YH0ygQLOnqy_5dk0tsXDKT7zPngPUbRu0SCDMKw1HBUaAkp_EALw_wcB

माथि उल्लेख भएअनुसार यदि तपाईंले पारिवारिक निवेदनको आधारमा आप्mना नातेदारलाई स्पोन्सर गर्न निवेदन दिँदै हुनुहुन्छ वा दिनु भएको छ तर म्यादभित्रै दर्ता गराएको विवाह वा जन्मदर्ताको प्रमाण पत्र छैन भने यी कुराहरुमा ध्यान दिनुहोला । हाल अध्यागमन विभागले म्याद नाघेपछि दर्ता गराएको विवाह र जन्मदर्ताको प्रमाण पेस भएको रहेछ भने सेकेण्डरी अर्थात् पुरक प्रमाणहरु माग्ने गरेको छ । यदि माग गरिएअनुसार माथि लेखिए बमोजिमका प्रमाणहरु पेस नगरेमा निवेदन खारेज गर्न सक्दछ । र अहिलेको अध्यागमनले यस्ता प्रमाणहरु प्रायः माग्ने गरेको र पेस नगरिएमा खारेज गरेको पाइएको छ । वर्षौको कुराइपछि निवेदन खारेज भई फेरि अर्को नयाँ दिनु पर्दा आप्mना नातेदारहरु आउने समय अझ लम्बिन सक्ने र उमेरको कारणले नातेदारका डिपेन्डेन्टहरु आउन् नसक्ने अवस्था आउन सक्दछ ।

यदि तपाईं परिवारका सदस्यलाई स्पोन्सर गर्न अमेरीकी अध्यागमन विभागसमक्ष निवेदन दिँदै हुनुहुन्छ भने नेपालबाट विवाह वा जन्म भएको धेरै पछाडि दर्ता गरिएका प्रमाणहरु ल्याउने भन्दा विवाह वा जन्म भएको मितिबाट तोकिएको म्यादभित्रै कार्यालयमा आई दर्ता गराएको अभिलेखबाट देखिँदैन भन्ने व्यहोराको सिफारिस ल्याई कुनै दक्ष कानुन व्यवसायीको सहयोगबाट पारिवारिक निवेदनको प्रकृया अगाडि बढाउनु उचित हुन्छ ।

(विनोद रोका, एर्टनी एट ल, लामो समयदेखि कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । रोकाको ल अफिस न्युर्योक सहरको उडसाईड क्वीन्समा रहेको छ । प्रस्तुत लेख पाठकको सामान्य जानकारीको लागि मात्र हो, सल्लाहको लागि होइन । तपाइँको कुनै कानुनी समस्या भए कानुनी सल्लाहको लागि रोकालाई उहाँको फोन ७१८ ६०६ ९७३३ मा सम्पर्क राख्नुहोला । अरु जानकारीका लागि www.binodlaw.com मा क्लिक गर्नुहोस् ।)