अमेरिकाबाट नेपाल फर्किनेका लागि उडान तालिका सार्वजनिक

June 16, 2020

कोरोना भाइरसको कारण अमेरिकाबाट अड्किएर तत्काल नेपाल फर्कने तयारीमा रहेका नेपालीहरुको लागि नेपाली दुताबासले उडान तालिकासहित तयारीको लागी सुचना जारी गरेको छ ।

दुतबासको नेपाल फर्कनका लागि अनलाइन फारम भरेकाहरुको प्रथामिकताको आधारमा उडान कम्पनीलाई नाम दिएको उल्लेख गर्दै सम्बन्धित व्यक्तिहरुले टिकटको लागि सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

नेपाल जाने यात्रुहरुको लागि टर्किस एयरवेज र कतार एयरवेज  गरी दुई विमान कम्पनीबाट जुन महिनाको २३ तारिख र २५ तारिखमा विभिन्न फरक फरक राज्यबाट उडान हुने भएको छ । टर्किसले न्युयोर्कबाट २३ तारिख, कतारले वासिङटन डीसीबाट २३ तारिखमा, त्यस्तै टर्किसले सिकागोबाट २५ तारिखमा र कतारले टेक्सासको डाल्लासबाट २५ तारिखमा नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने उडान गर्ने भएको छ ।

टर्किस एयरवेजबाट जानेहरुका लागि १५३७ डलर र कतार एयरवेजबाट जानेहरुका लागि १६०० सय डलर टिकटको शुल्क निर्धारण गरिएको पनि दुताबासले जनाएको छ । तत्काल नेपाल जान बाध्य भएकाहरुले नेपाल फर्कँदा नेपाली राहदानी वा नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेन्ट पेश गर्नुपर्ने छ । त्यस्तै यात्रुहरुले स्वास्थ्यकर्मीबाट पिसिआर वा आरडिटि परीक्षणमा कोभिड १९ नेगेटिभ भएको प्रमाणित गरेको प्रमाण पिन पेश गर्नु पर्ने दुतावासले उल्लेख गरेको छ । त्यस्तै यात्रुहरुले नेपाल पुगेपछि नेपाल सरकारले तोके अनुसारको क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

नेपाली दुताबासद्वारा जारी सूचना