अमेरिकामा अहिलेसम्मकै सवैभन्द बढि कोरोना संक्रमण

June 28, 2020

अमेरिकाको विभिन्न राज्यहरुमा फैलिरहको कोरोना भाइरस संक्रमणको संख्या अहिलेसम्मकै सवैभन्द बढि भएको सम्बन्धीत निकायले जनाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सन सिडिसिले जनाए अनुसार यस अघिको तथ्याङकको तुलनामा सबैभन्द बढि भएको जनाएको छ । अमेरिकामा कोरोनाको इपि सेन्टर मानिएको न्युयोर्कमा कोरोना संक्रमणको स्थिति सामान्य हुन लाग्दा अन्य विभिन्न राज्यहरुमा कोरोना संक्रमण फैलिन थालेका छन ।

सिडिसिका अनुसार विभिन्न राज्यहरुमा शनिबार मात्र ४४ हजार ७ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण फैलिएको राज्यहरुमा फोलोरीडा, जोर्जिया, साउथक्यारोलिना र टेक्सास रहेका छन । कोरोना संक्रमणको कारण अमेरिकामा अहिलेसम्म १ लाख २३ हजार जनाको मृत्यु भइसकेका छन । न्युयोर्कमा मात्र २४ हजार ८ सय ३० जनाको मृत्यु भइसकेका छन ।

त्यसै गरि न्युजर्सिमा १ लाख ७२ हजार ७ सय २७ जना संक्रमित भएकोमा १४ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ । त्यस्तै फलोरिडामा १ लाख ३२ हजार ५ सय ३७ जना संक्रमित भएको र ३ हजार ३ सय ८९ जनाको म्त्यु भएको छ । टेक्सासमा १ लाख ४८ हजार ५ सय १९ जना संक्रमित र २३ सय ९७ जनाको मृत्यु भएको छ । मेरिल्याण्डमा ६७ हजार ३२ जना संक्रमित ३ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । केन्सासमा १३ हजार ७ सय ६५ जना संक्रमितमा २ सय ६९ जनाको मृत्यु भएको छ । ओकलाहमामा १२ हजार ६ सय ४२ जना संक्रमित ३ सय ८४ जनाको मृत्यु । मोन्टानामा ८ सय ५२ जना संक्रमित भएको र २२ जनाको मृत्यु भएको छ । आइदाओमा ५ हजार ३ सय १९ संक्रमण भएकोमा ९२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार