अमेरिकामा नेपाल चिनाउदै र विद्यालयलाई सहयोग गदै पाचौ किम्फ सम्पन्न

June 18, 2019

 

एभरेस्ट टाइम्स फाउन्डेसनको सह-आयोजना तथा हिमाल एसोसियसनको आयोजनामा न्युयोर्कमा पाचौ ट्राभलिङ किम्फ ( काठमाडौ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) सम्पन्न भयो । फेष्टिबल जुन महिनाको १६ तारिख आइतबार उडसाइडस्थित सिक्सटी वान स्ट्रीटको धर्म हाउसमा भएको थियो । महोत्सव २ बजेदेखि ७ बजेसम्म भएको थियो ।
नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनको आयोजनामा हुदै आएको किम्फ देश बाहिर ट्राभलिङ किम्फको रुपमा विगत पाच वर्षदेखि अमेरिकामा एभरेस्ट टाइम्सको सहआयोजनामा प्रर्दशन हुदै आएको छ । यस पटकदेखिन एभरेष्टटाइम्सकै नामबाट स्थापना गरेको फाउण्डेसनको सहआयोजनामा नेपालको ग्रामीण भेगको वास्तविक कथा वस्तु समेेटेर बनाइएका विभिन्न उत्कृष्ट डकुमेन्ट्रीहरु अमेरिकामा देखाउदै आएको छ ।

यस पटक सुपर माङक, मरिसकेको मान्छे, तातिनी, माउन्टेन मदर, डोल्पा डायरी र कथा ७२ चलचित्र प्रर्दशन गरिएको थियो । यस पटकको किम्फमा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको साथै अन्य मुलुकको दर्शकहरु पनि आएका थिए । एभरेस्ट टाइम्सले हरेक वर्ष आयोजना गर्दै आएको किम्फबाट उठ्ने रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गदै आइरहेको छ । किम्फ प्रर्दशन गरेर संकलन हुदै आएको रकम एभरेष्टटाइम्सले शुरुमा सोलुखुम्बु जिल्लाको चाागेस्थान मावि केरुङ र सेर्गा बागम प्रावि सेर्गालाई, त्यसपछि सिन्धुपाल्चोकको जम्बीयाङ प्राविलाई र गत बर्ष रामेछाप जिल्लाको बाल्दिङ विद्यालयलाई दिएको थियो । यस पटक प्रर्दशन हुने किम्फबाट उठ्ने रकम भोजपुर जिल्लाको कुनै दुर्गम विद्यालयलाई दिने योजना रहेको एभरेष्टटाइम्सले जनाएको छ ।

‘प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाएर नेपालको चिनारी दिनुको साथै यस कार्यक्रमबाट संकलन रकम दुर्गम गाउको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको छ ‘ एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने -‘ कार्यक्रममा उपस्थित भएर सहयोग गर्नेहरुलाइ हार्दिक धन्यवाद दिन चाहान्छु ‘ । उनका अनुसार किम्फबाट उठ्ने रकम जिल्लालाई दिने भनेर घोषणा गरेसागै सम्बन्धित जिल्लाका संघसंस्थाहरु तथा व्यक्तिहरुले पनि सहयोग गरिरहेको उनले बताए । ‘ पाचौ सस्करणसम्म आउदा दर्शकहरुले दिदै आएको माया र साथले हाम्रो यात्रा अझ उज्वल देखेका छौ’ एभरेष्टटाइम्सको सम्पादक ङमिा पाखि्रनले भने-‘ हामीले नेपाली समुदायहरुको साथै अन्य मुलुकका नागरिकलाइ पनि किम्फको महत्व बुझाउने सोच अनुरुप हाम्रो टिमले गरेको यो सफलता ठानेका छौ’ । पाचौ किम्फमा सहाभागीहरुको उपस्थितिले खुसी लागेको एभरेष्टटाइम्सको प्रबन्धक निर्देशक तेम्बा दोङबा हृयोल्मोले बताए । ‘ यसपटक सोचेको भन्द पनि बढि सहाभागीहरुको साथ र सहयोगले हामीलाई उत्साहीत तुल्याएको छ ‘ । महोत्सवमा उपस्थित दर्शकहरुले सवै वृतचित्रहरु मन छुने र सन्देशमुलक रहेको बताए । कतिपय दर्शकहरुको आखा रसाएको बताएका थिए ।

किम्फमा सम्पादक पाख्रीन सम्मानीत
किम्फमा एभरेष्टटाइम्सको सम्पादक ङमिा पाखि्रनलाई पत्रकारिताको साथै न्युयोर्कमा निरन्तर रुपमा किम्फको संयोजन गरेवापत न्युयोर्क सिटिले सम्मान गरेका थिए । उक्त सम्मानपत्र काउन्सीलमेन कोष्टाकोष्टनटिनीदेसको कार्यालबाट प्रदान गरिएको थियो । उक्त सम्मान पत्र सम्पादक पाखि्रनलाई न्युयोर्क सिटिको कम्युनिटि ल्याजन जोया चौधरीले प्रदान गरेका थिए । ‘ आफुले न्युर्योकमा गरेको सानो प्रयासलाई न्युर्योकसिटि काउन्सीलले चिनेर सम्मान गरेकोमा एभरेष्ट र न्युयोर्कसिटि काउन्सीललाई धन्यवाद ज्ञापन गर्न चाहान्छु’ सम्पादक ङमिा पाखि्रनले भने-‘ यो सम्मानले मलाई थप जिम्मेवारीबोध गराएको छ ‘ ।

 

सम्बन्धित समाचार