अमेरिकामा पेट्रोलियमको आयात–निर्यात दुवै बढ्यो

November 28, 2019

ह्यूस्टन– अमेरिकी ऊर्जा सूचना केन्द्रले गतसाता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुवै वृद्धि भएको जनाएको छ ।

केन्द्रका अनुसार गतसाता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो । यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी हो ।

साप्ताहिक पेट्रोलियम स्थिति प्रतिवेदनका अनुसार गतसाता दैनिक सरदर ३४ लाख ८० हजार ब्यारेल तेल निर्यात भएको थियो । यो अघिल्लो साताको तुलनामा दैनिक करिब ४ लाख ५३ हजार ब्यारेल बढी हो ।

अमेरिकामा विगत चार हप्तामा कच्चा तेलको आयात प्रतिदिन औसत करिब ६० लाख रहेको देखिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ लाख ८० हजार ब्यारेलले कम हो । निर्याततर्फ भने २८ लाख ८० हजार ब्यारेल प्रतिदिन रहेको छ जुन अघिल्लो वर्षको तुलनामा प्रतिदिन करिब ६ लाख ६१ हजारले बृद्धि भएको छ ।

सम्बन्धित समाचार