अमेरिकामा विज्ञ सम्मेलन र साधारण सभाको तयारी

June 8, 2018

एनआरएनए आइसिसि र एनआरएन एनसिसि अमेरिकाको संयुक्त पहलमा आगामी जुनको १६ र १७ तारिख विदेशमा बसेर आफनो क्षेत्रमा दक्षता हासिल गरेका बौद्धिक व्यक्तित्वहरुको सहभागितामा क्यालिफोर्नियामा विज्ञ सम्मेलन र त्यस लगत्तै एनआरएन अमेरिकाको साधारण सभा हुने तयारी भएको छ । यी दुवै कार्यक्रममा सक्रिय सहभागिताका लागि एनआरएन आइसिसिका उत्तरी अमेरिकाका लागी क्षेत्रिय संयोजक गौरि जोशि र गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा केशव पौडेलले सबैलाई आग्रह गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारको प्रतिनिधित्व गदै पर्यटनमन्त्री रविन्द्र अधिकारी आउने भएका छन भने विशेष अतिथिको रुपमा एनआरएनए आइसिसिका अध्यक्ष भवन भट्टको उपस्थिति हुने भएको छ । कार्यक्रममा आईसीसीका पदाधिकारीहरू लगायत विभिन्न देशबाट एनआरएनएका पदाधिकारीहरूको पनि सहाभागीता हुने भएको छ ।  विदेशमा बस्ने नेपाली बौद्धिक समुदाय, सरकारका वरिष्ठ अधिकारी र एनआरएनएका पदाधिकारीहरूको सहाभागीतामा हुन लागेको विज्ञ सम्मेलन अमेरिकामा संभवत पहिलो हो ।

‘ नेपालको विकास र समृद्धिको लागी विदेशमा कार्यरत नेपाली बौद्धिक समुदाय कसरी संलग्न हुन सक्छ भन्ने विषयमा छलफल गर्नका लागी यो सम्मेलन गर्न लागेको हो ’ एनआरएन उत्तर अमेरिकाका क्षेत्रिय संयोजक आरसि गौरि जोशिले एभरेष्टटाइम्सलाई भने—‘ सम्मेलनमा हुने छलफल र त्यसको निचोडको आधारमा आइसिसिले विज्ञहरु मार्फत विकासको कार्यमा अघि बडाउने लक्ष्य लिएको छ ’ । यस्तो महत्वपुर्ण कार्यक्रममा सहाभागीताको लागी क्षेत्रिय संयोजक जोशिले सवैलाई अनुरोध गरेका छन ।

‘ विदेशमा बस्ने हामीहरु सवैको सक्रियतामा देशको विकास कसरी गर्ने बारेमा छलफलसंगै एनआरएन अमेरिकाको नियमित प्रक्रिया लगायत भावी रणनीति र योजनाको बारेमा छलफल गर्ने यो निकै महत्वपुर्ण अवसर हो ’ एनआरएनएका अध्यक्ष डा केशव पौडेलले भने— दुबै दिनको यो महत्वपुर्ण कार्यक्रममा सबैलाई सहाभागी भइदिनका लागी हार्दिक अनुरोध गर्दछु ’ । उनका अनुसार कार्यक्रममा उपस्थित विज्ञहरुले नेपालमा गर्न सकिने र तत्कालका आवश्यकता देखिएका स्वास्थ्य, पूर्वाधार, विकास, जस्ता क्षेत्रको विकासमा आफनो धारण राख्ने भएको छ । एनआरएन आइसिसिको विज्ञ भेलाको संयोजक डिल्ली भट्टराईले गरिरहेका छन भने एनआरएन सम्मेलनको संयोजन उमा कार्कीले गरिरहेका छन । दुई दिने कार्यक्रम क्यालिफोर्नियाको डबल ट्रि होटलमा हुने भएको छ ।

सम्बन्धित समाचार