अमेरिकी प्रदर्शन : चेपुवामा पत्रकार

June 5, 2020

वासिङटन डीसी । मिनियपोलिस प्रहरीको हिरासतमा रहेका जर्ज फ्लोयडको हत्या पछि भएको आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरीको चेपवमा पत्रकारहरु परेका छन् ।

भ्वाइस अफ अमेिरकाले दिएको समाचार अनुसार प्रदर्शनका बारेमा अामजनतालाई जानकारी दिन खटिएका झण्डै दुई सय पत्रकार िह‌साको शिकार भएका छन् । ति मध्ये कयौं घाइते भएका छन् । कति लुटिएका छन् । कति घाइते बनाइएका छन् । कतिमाथि गोली प्रकार गरिएको छ भने अधिकांशका सञ्चार उपकरणहरु तोडफोड गरिएको छ ।

त्यसै मध्येका हुन् भिओएका पत्रकार जसन पटिन्किन जो क्रस फायरमा परे । पटिन्किन जव रातको ११ बजेतिर प्रदर्शनलाई छाडेर आउन लागेका थिए । त्यही बेला प्रहरी उनी र अर्का एक जना पत्रकारतिर फायर गरे ।

जुन वेला उनीहरु त्यो क्षेत्र छाडेर जाँदै थिए । त्यही बेला ठूलो आवाज अायाे । फ्ल्यास लाइट देखा पर्यो र सँगैका अर्को पत्रकारको खुट्ट नजिकै गोली आइपुग्यो ।

त्यही बेला उनले आफ्नो क्यामेरा तेर्स्याए । एक जना प्रहरीले हतियार उठायो र उनैतिर गोली प्रहार गर्यो । मैले मेरोतिर गोली हन्ला भन्ने सोचेकै थिएन उनी भन्छन् ।

पटिन्किनले आफ्नो प्रेस पास देखिने गरी भिरेको र अर्का एक जना मानिस प्रेस प्रेस भनेर कराएको समेत उल्लेख गरे ।

यो एउटा उदाहरण मात्र हो । अमेरिका भरी नै पत्रकारहरुले उस्तै अबस्था भोग्नु परेको रबरको गोली लागेका तस्बिरहरु आइरहेको पनि भीओएले उल्लेख गरेको छ । क्यालिफोर्नियाको लङ बीचमा केपीसीसी रेडियोका रिपोर्टर अडोल्फ गुजमान लोपेजको घाँटीमा रबरको गोली लागेको थियो । पत्रकार सम्मेलनमा कयालिफोर्नियाका मेयरले माफी मागेका छन् भने प्रहरी प्रमुखले अनुसन्धान गर्ने बताएका थिए ।