अल्बानियामा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प, ४ को मृत्यु १५० घाइते

November 26, 2019

तिरान– अल्बानियामा मंगलबार बिहान आएको भूकम्पमा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ । भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

मंगलबार बिहान ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प भएको जनाइएको छ ।

मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको ५ तला माथिबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् । अर्का एक महिला र एक पुरुषको शव राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो ।

घाइते भएकाहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो । घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

सम्बन्धित समाचार