इन्द्रवती गाउपालिका र जर्सिसिटि वीच भगीनी सम्बन्ध स्थापना ।

January 27, 2019

सिन्धुपाल्चोकको इन्द्रावती गाउपालिका र न्युजर्सि राज्यको जर्सिसिटि बीच विभिन्न ८ बुदे सम्झौता सहित भगिनि सम्बन्ध स्थापना भएको छ । गत जनवरी २४ मा जर्सी सिटीको मेयर स्टेभन फुलप र इन्द्रावती गाउपालिका अध्यक्ष वंशलाल तामांङले अमेरिकास्थित नेपाल सरकारको प्रतिनिधिहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरि औपचारिक रूपमा भगिनि शहरको रुपमा घोषणा गरेको छ । दुई गाउपालिका वीच भगिनि सम्बन्ध कायम गर्नका लागी जर्सिसिटि काउन्सीलले गत डिसेम्बर १९ मा काउन्सील रिजुलोसन पारित गरेका थिए ।
८ बुदे सम्झौतामा दुई शहरबीचको शैक्षिक, प्राविधिक, सांस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुशासन, खेलकुद लगायतका विभिन्न क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएको छ ।
‘ विकसित मुलुकको जर्सिसिटिसग इन्द्रवती गाउपालिकाले भगिनी सम्बन्ध स्थापना गर्न पाउदा खुसी लागेको छ ‘ इन्द्रवती गाउपालिकाका अध्यक्ष तामाङले भने-‘ यो सम्झौताले अब दुई मुलुकलाई प्रत्यक्ष फाइदा हुनेछ’ । उक्त सम्झौता पत्रमा हस्तक्षर गनकै लागी गाउपालिका प्रमुख तामाङ एक साताको लागी अमेरिका आएका हुन ।

‘ हामी वीचको यो ऐतिहासिक सम्झौतापछि जर्सिसिटिको प्रमुखलाई नेपालमा निम्तो दिएर बोलाउने र इन्द्रवती गाउपालिकाको बारेमा जानकारी दिएर दुई मुलुक वीच आदानप्रदानको कार्य थलानी गर्ने योजना बनाएका छौ’ ।  सम्झौता पत्र हस्तक्षर कार्यक्रममा नेपाली कन्सुलेटका नायव महाबाणिज्यदुत पुष्प भट्टराई र बाणिज्यदुत कृसु क्षेत्री उपस्थित भएका थिए । दुई गाउपालिका वीचको सम्बन्ध स्थापना गर्नमा जर्सी सिटीको मेयर फुलपकी सल्लाहकार विष्णुमाया परियारले मध्यस्तको भुमिका निभाएको उनले बताए ।

सम्बन्धित समाचार