इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

November 12, 2019

वासिङ्टन– इराकमा संसदीय निर्वाचन गर्न अमेरिकाले आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले समय अगावै निर्वाचन गर्न आग्रह गरेको हो ।

इराकमा निर्वाचनको माग गर्दै यहाँका नागरिकले आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलन हिंसात्मक भएकोले प्रहरी कारबाहीमा प्रदर्शनकारीको ज्यान पनि गएको छ ।

उनीहरुले निर्वाचनको माग गरेर आन्दोलन गरेकाले आन्दोलनकारीहरुको माग पूरा गर्न समय अगावै आमनिर्वाचन गर्न अमेरिकाको आग्रह गरेको छ ।

यसबाट हिंसा पनि रोकिने भन्दै हिंसात्मक गतिविधिको नियन्त्रणका लागि पनि निर्वाचन आवश्यक रहेको अमेरिकाको माग रहेको छ । निर्वाचनमार्फत आन्दोलनकारीको माग पूरा गरी शान्तिपूर्ण राजनीतिक व्यवस्थापन गर्न अमेरिकाले माग गरेको हो ।

सम्बन्धित समाचार