इरानमा भूकम्प, ५ को मृत्यु, १२० जना घाइते

November 8, 2019

तेहरान–  इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ बजेर १७ मिनेट जाँदा ५.९ म्याग्नीच्युडको भूकम्प गरिएको इरानको भूगर्भ विभागले जनाएको छ ।

भूकम्पबाट कम्तीमा ५ जनाको मृत्यु भएको र १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् । प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिए ।

सन् १९९० मा इरानमा आएको ७.४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए ।

हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् । सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो ।

सम्बन्धित समाचार