इरानमा १७० यात्रु सवार युक्रेनी विमान दुर्घटना

January 8, 2020

एजेन्सी– इरानको तेहरानमा १७० यात्रु बोकेको युक्रनी विमान दुर्घटना भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभका लागि उडान भर्दै गरेको विमान दुर्घटना भएको हो ।

युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटना भएको इरानको आपतकालीन विभागका प्रवक्ता मोज्तबा खालिदीले जनाए। विमानमा आगो लागेको र उद्धारका लागि टोली पठाइएकाे इरानी अधिकारीले जनाएका छन्।

दुर्घटना इरान-अमेरिका तनावसँग जाेडिएकाे छ वा छैन भन्नेबारे केही जानकारी आएकाे छैन। बुधबार बिहान इरानले इराकमा रहेका दुई वटा अमेरिकी सैन्य अखडामा रकेट प्रहार गरेको थियो।

सम्बन्धित समाचार