एनआरएको दुई ऐतिहासिक कार्यक्रममा भाग लिन अमेरिकाभरिबाट सिकागोमा भेला हुदै ।

July 5, 2019

गैरआवासिया नेपाली संघ राष्टिय समन्वय समिति ( एनआरएन एनसिसि ) अमेरिकाको जुलाई ६ र ७ तारिख सिकागोमा हुन लागेको दुई महत्वपुर्ण कार्यक्रममा भाग लिन अमेरिकाभरिकै एनआरएनका सदस्यहरु भेला हुन थालेका छन । एनआरएन अमेरिकाको ८ औ साधारण सभासंगै हालै सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहणसंगै पदभार हस्तन्तरण र सस्थागत विकासको लागी विधान संसोधन र थपघट गर्न लागेका छन ।

यो दुई ऐतिहासिक कार्यक्रममा भाग लिन अमेरिकाभरिकै एनआरएनएका च्याप्टरका पदाधिकारीहरु जुलाई ५ तारिखनै सिकागोमा भेला हुदै छन । जुलाई ५ तारिख बेलुकी सवै च्याप्टरहरुको भेला भएर च्याप्टर रात्री भोज राखिएको छ । यो ऐतिहासिक कार्यक्रम सफल बनाउन विभिन्न १३ समितिहरुले सम्पुर्ण तयारी पुरा गरिसकेको सभाको कन्भेनर राधा पौडेलले बताएकी छिन । ‘ सिकागोमा राज्यमा हुन लागेको एनआरएनए अमेरिकाको यो ऐतिहासिक कार्यक्रम सफल बनाउन हामी पुर्णरुपमा तयारी भइसकेका छौ’ कन्भेरन पौडेलले भनिन ।

उनका अनुसार एनआरएनएको सस्थागत विकासको लागी विधान संसोधन, नवनिर्वाचित पदाधिकारीको सपथसंगै उपस्थित सबै सदस्यहरु र अतिथिहरुको मनोरञ्जनको लागी साझमा निशुल्क सास्कृतिक कार्यक्रम र नेपाली ऐतिहासिक कथामा बनेको वृतचित्र नालापानी समेत प्रर्दशन गरिने भएको छ । ‘ सिकागो राज्यमा हामी हुन लागेको एनआरएनएको कार्यक्रममा हामी सवैलाई स्वागत गर्न चाहान्छौ’ कार्यक्रमको संयोजन सत्य चौधारीले बताए । ‘ यो ऐतिहासिक कार्यक्रममा सबैको सहाभागीता गराउनका लागी विभिन्न किसिमको दर्ता शुल्क राखेका छौ त्यसमा पनि स्थानियलाई विशेष ध्यान दिएका छौ’ । त्यस्तै कार्यक्रमकै लागी होटलका सवै कोठाहरु लगभग बुक भइसकेको कार्यक्रमको कोकन्भेनर बुद्धि सुवेदीले बताए । ‘ एनआरएन आइसिसिका नेतृत्व नेपाली सरकारका पुर्व प्रधानमन्त्रिसंगै अमेरिकभरिकै एनआरएनको सदस्यहरुको आगमान हुने यो कार्यक्रममा स्वागत गर्न पाउदा हामी निकै खुसि छौ’ कोकन्भेरन सुवेदीले बताए ।

सम्बन्धित समाचार