एनआरएनए अमेरिकाको अध्यक्षका लागी सुर्य लम्सालको उम्मेद्धवरी

April 9, 2019

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा न्युयोर्कबासी सुर्य लम्सालले उम्मेद्धवरी घोषणा गरेका छन । उनी एनआरएनए अमेरिकाका पुर्व बोर्ड सदस्य हुन । ज्याक्सनहाइटस्थित सत्य नारायण मन्दिरमा उम्मेद्धवरी घोषणा गरेका लम्सालले एनआरएनए अमेरिकालाई सस्थागत रुपमा बलियो बनाई सवैको साझा एनआरएनए हो भन्ने महसुस गराउनका साथै नेपालको विकासमा साथ दिने योजना बनाएको बताए । पेशाले सिभिल इन्जिनियरको रुपमा कार्यरत उनी विगत १३ बर्षदेखिन न्युयोर्कको हाइड्रोपावर क्षेत्रमा काम गरिरहेका छन ।

‘ गन्तव्य विहीन र अल्जिएको एनआरएनए अमेरिकालाई फराकिलो र सस्थागत बनाउने सोचका साथ मैले अध्यक्ष पदमा उम्मेद्धवरी दिएको छु’ लम्सालले भने-‘ मेरो यो अभियानलाई सवैको साथको आशा गरेको छु’ । प्रवासमा नेपालीको लागी यो भन्द राम्रो मञ्च केही पनि छैन सवैलाई समेटेर लैजानका लागी आएको हो उनले बताए । उनले आफू अध्यक्ष पदमा निर्वाचित भएमा सदस्यहरूबाट कुनै पनि शुल्क नलिकन सदस्य बनाउने र सबैले हाम्रो साझा एनआरएन हो भन्ने अपनत्व हुने किसिमको विभिन्न कार्यहरु गर्ने योजनाहरुको एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

उनको उम्मेद्धवरी घोषणा कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । पवन योन्जनद्धारा सञ्चालन गरेको कार्यक्रम बुद्धिकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो । आगामी मे महिनाको १८ मा हुने लागेको निर्वाचनमा अध्यक्ष पदको लागी यस अघि न्युयोर्कबाट एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर सन्जय थापा र टेक्सासबाट बरिष्ठ उपाध्याक्ष सुनिल शाहले पनि अध्यक्ष पदमा उम्मेद्धवरी घोषणा गरेका छन । अध्यक्ष पदमा उम्मेद्धवरी दिने उनीहरु तीनै जना पेशाले अमेरिकामा इन्जियनियर हुन ।

 

सम्बन्धित समाचार