एनआरएनए आइसिसिद्धारा गठित टोलिले छानवीन शुरु गरियो ।

May 17, 2019

एनआरएनए अमेरिकाको सदस्यहरुको विवरण सार्वजनिक भएको विवादको बारेमा गठित ५ सदस्यीय टोलिले छानवीन कार्य शुरु गरेको छ । उक्त टोलि एनआरएनए आइसिसिको विहिबार बसेको बैठकले २४ घण्टाभित्रमा छानवीन गर्ने गरि गठन गरेको हो ।

टोलिले रातभरि गरेर भोलि दिउसोसम्म छानवीन गरिसक्ने गरि कार्य थालेको छ । एनआरएनए आइसिसिको अमेरिका क्षेत्रिय संयोजक गौरि जोसीले निर्वाचन कमिटिलाई निर्वाचन रोकेर सदस्यहरुको छानवीन गर्न आग्रह सहितको विज्ञाप्ती जारी गरेका थिए ।

आइसिसिको महासचिव बद्री केसीले विहिबार बोलाएको बैठकमा आइसिसि अध्यक्ष भवन भट्ट, क्षेत्रिय उपसंयोजक नविन सेरचन, एनआरएनए अमेरिका अध्यक्ष डा केशव पौडेल र तीनैजना उम्मेद्धवरहरु सुनिल शाह, सन्जय थापा, सुर्य लम्साल उपस्थित थिए । छानवीन समितिमा आइसिसिको तर्फबाट विनय अर्याल, एनसिसिको अध्यक्ष डा केशव पौडेलको तर्फबाट पदम भण्डारी, सुनिल शाहको तर्फबाट ओम भट्टराई, सन्जय थापाको बाट बिजय भट्टराई र सुर्य लम्सालको तर्फबाट दिनेश शर्मा छानवीन टोलिमा रहेका छन । उनीहरुसंगै छानवीन समितिको सुपरिवेक्षणमा आइसिसि सल्लाहकार हरिबोल भण्डारी र संयोजक जोसि रहेका छन ।

छानवीन टोलिले वेभसाइडमा कति जनाले लगीन गरे, भेरिफिकेसन कमिटिले दिएको डाटा र निर्वाचन कमिटिमा भएको डाटा मिल्छ की मिल्दैन ? र एकैचोटि धेरै सदस्य राख्यो की राखेन भनेर छानवीन गर्ने भएको छ । उनीहरुले यो छानवीन गरेको वितिकै सुक्रबार २ बजे पत्रकार सम्मेलन मार्फत सवैलाई जानकारी दिने भएको छ ।
तस्विर प्रमोद सिटौला

सम्बन्धित समाचार