एनआरएनए आइसिसिमा कुमार र कुलको दुई प्यानल बीच प्रतिष्प्रर्धा हुने ।

October 2, 2019

गैरआवासिया नेपाली संघ एनआरएनएको आगामी अक्टुबर १५ देखि १७ सम्म काठमाडौमा ९ औ सम्मेलन हुदैछ । विश्वभरिको एनआरएन प्रतिनिधिहरुको सहाभागीता हुने सम्मेलनमा नया नेतृत्व चयन हुदैछ । यो सम्मेलनले दुई बर्षको नया नेतृत्व चयन गर्ने भएको छ । आगामी नेतृत्वको आंकाक्षीको रुपमा वर्तमान उपाध्याक्ष कुमार पन्त र कुल आचायले अध्यक्ष पदमा उम्मेद्धवरी दिने घोषणा गरिसकेका छन । अध्यक्षको प्रत्यासी पन्त जर्मन निवासी हुन भने आचार्य वेलायत निवासी एनआरएनकर्मि हुन । पन्तले काठमाडौमा उम्मेद्धवरि घोषणा गरिसकेका छन भने आचार्यले कर्मथलो वेलयतमा उम्मेद्धवरी घोषणा गरिसकेका छन ।

नेतृत्वकै होडमा उनीहरु दुबै जना यतिखेर विभिन्न मुलुकको एनआरएन एनसिसिको अधिबेसनमा सहाभागी भई राजधानी फर्केका छन । पन्त यस अघि आइसिसि सदस्य हुदै महासचिव भएर उपाध्याक्ष भएका छन । त्यस्तै आचार्य पनि एनआरएन युकेको अध्यक्ष, आइसिसि सदस्य हुदै उपाध्याक्ष बनेका हुन । अहिले दुबै आ आफनै प्यानल बनाउनतिर लागेका छन । पन्त नेकपाको प्यानलको रुपमा अघि बडेको देखिन्छ भने आचार्य लोकतान्त्रिक प्यानलबाट अघि बडेको देखिन्छ ।

पन्तको प्यानलबाट उपाध्याक्षमा बद्री केशी ,महासचिव डा हेमराज शर्मा टुंगो लागेका छन भने आचार्यको प्यानलबाट डा केशव पौडेल महासचिवमा अघि बडने भएको छ । त्यस्तै ४ जना उपाध्याक्ष पदको लागी यस पटक २० जनाले उपाध्याक्ष पदमा उम्मेद्धवरि दिने भएको छ । त्यस्तै २ जना सचिवको लागी ४ जनाले उम्मेद्धवरि दिने भएको छ । अमेरिकाबाट गौरि जोशि र युरोप क्षेत्रबाट वेलयत निवासी पत्रकार विनय अधिकारीले सचिव पदमा उम्मेद्धवरी दिने भएको छ ।

 

त्यस्तै कोषाध्याक्षमा पनि ३ र सहकोषाध्याक्षमा ३ जनाले उम्मेद्धवरि दिने देखिएको छ ।

अमेरिकाबाट को कसले उम्मेद्धवरि दिदैछन । 

उपाध्याक्षमा पदमा अमेरिकाज क्षेत्रको पुर्व क्षेत्रिय संयोजक सोनाम लामा, एनआरएन अमेरिकाका पुर्व उपाध्याक्ष रविना थापा र आइसिसि सदस्य बन्दना कोइरालाले उम्मेद्धवरि दिने भएको छ । त्यस्तै महासचिवमा एनआरएन अमेरिकामा दुई कार्यकाल नेतृत्व गरिसकेका डा केशव पौडेल र सचिव पदमा अमेरिकाज क्षेत्रको संयोजक गौरि जोशिले उम्मेद्धवरि दिने भएको छ । त्यस्तै गरि पुर्व उपसंयोजक एसि शेर्पाले सहकोषाध्याक्षमा र क्षेत्रिय उपसंयोजक नविन शेरचनले संयोजकमा उम्मेद्धवरि दिने भएको छ ।

त्यस्तै क्षेत्रिय उपसंयोजकमा एनआरएन अमेरिकामा दुई कार्यकाल कोषाध्याक्ष भइसकेका आइसिसि सदस्यमा बेदराज बस्नेतले उपसंयोजकमा उम्मेद्धवरी दिने भएको छ । त्यस्तै आइसिसिका पुर्व सदस्य दिल श्रेष्ठ, एनआरएन अमेरिकाको पुर्व उपाध्याक्ष रामसि पोखरेल, एनआरएनए अमेरिकाको पुर्व उपाध्याक्ष डिल्ली भट्टराई र क्यानडाबासी अभिमन्यु बस्नेतले पनि उपसंयोजकमा उम्मेद्धवरी दिने भएको छ । त्यस्तै महिला संयोजकमा एनआरएनए अमेरिका पुर्व उपाध्याक्ष राधा पौडेल र क्यानाडाबाट प्रमिला बस्नेतले उम्मेद्धवरी दिएका छन ।

सम्बन्धित समाचार