एनआरएनए मिडिया समिति गठन

January 31, 2018

गैर आवासिय नेपाली संघ (एनआरएनए आइसिसि) को जनवरी २८ तारिख बसेको बैठकले संघको दुई वर्षे कार्यकाल रहने गरि मिडिया तथा प्रकाशन समिति बनाएको छ । तीन महिना अघि काठमाडौमा सम्पन्न एनआरएनको ग्लोबल सम्मेलनमा निर्वाचित कार्यसमितिले बनाएको मिडिया समितिको संयोजकमा एनआरएनएका अन्तराष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे रहेका छन भने सहसंयोजकमा अष्ट्रिलियाबाट हेमन्त काफले, अमेरिका क्षेत्रवाट विजय घिमिर, र बेलयतबाट चिरन शर्मा चयन गरेका छन ।त्यस्तै समितिको सदस्यहरुमा अमेरिकाबाट आङ छिरिङ शेर्पा र होम लम्साल चयन गरेको छ । सहसंयोजक काफले नेपाल पत्रकार महासंघका पुर्व कोषाध्याक्ष तथा हिमालय टाइम्सका पुर्व पत्रकार हुन । उनी हाल अष्ट्रिलियाबाट सेतोपाटीको प्रतिनिधिको रुपमा कार्यरत छन । त्यस्तै अर्का सहसंयोजक विजय घिमिरे कान्तिपुरको दैनिकको पुर्व विजनेस व्युरो प्रमुख तथा सेजनका पुर्व अध्यक्ष हुन । उनी हाल टेक्सासबाट सञ्चालित अनलाइन हिमालयन खबरका सम्पादक हुन । त्यस्तै वेलयतका चिरण शर्मा नागरिक दैनिकसग अवद्ध छन । अमेरिकाबाट चयन भएका सदस्यहरुमा आङछिरिङ शेर्पा यस अघि कान्तिपुर दैनिकसंग आवद्ध थिए । सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार शेर्पा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्व केन्दि्रय सदस्य हुन । उनी न्यूयोर्कबाट विगत १० वर्षदेखिन सञ्चालित एभरेष्टटाइम्सका प्रधान सम्पादक हुन । अमेरिका क्षेत्रवाट मनोनित सदस्य होम लम्साल नागरिक दैनिकसंग आवद्ध छन् । उनले यस अघि एनआरएन पत्रकारिता पुरष्कार पनि पाएका थिए । त्यस्तै अन्य मुलुकहरुवाट सदस्य चयन हुनेहरुमा डिल्ली ढकाल (अष्ट्रिलिया), बुद्धिसागर घिमिरे (न्युजिल्याण्ड), रामचन्द्र गिरी (मलेसिया), किसन राई (हङकङ), आनन्द कोइराला (जापान), दिलकुमार श्रेष्ठ (कतार) , मेघराज सापकोटा (युएइ), नवराज बिके (कतार), शुक्र लामा (साउदी अरेविया), बसन्त रानाभाट (स्पेन ) , फणिन्द्र भट्टाराइ (बेलयत) र प्रजय शुक्ला (बेलयत) रहेका छन ।

सम्बन्धित समाचार