एनआरएनको निर्वाचित कार्यसमितिको सपथ र साधारण सभा भर्जिनियामा

September 12, 2017

न्युयोर्क- एनआरएन एनसिसि अमेरिकाको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्यसमितिको पदस्थापना तथा निवर्तमान कार्यसमितिको विदाई कार्यक्रम यही सेप्टेम्बरको १६ तारिख भर्जिनियामा हुने भएको छ । पदस्थापन र विदाई पछि साधारण सभा समेत हुन लागेको एनआरएनका निर्वाचित अध्यक्ष डा केशव पौडेलले बताए । कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेलाई अडियो भिडियो प्रविधिको माध्यमबाट सहाभागीता गराइने जानकारी विज्ञाप्ती मार्फत दिएको छ ।

 

सपथ ग्रहण, हस्तान्तरण र बार्षिक साधारणसभा

आदरणीय सदस्यज्यूहरु,
गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद अमेरिका,
यस संघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिको पदस्थापन, निवर्तमान कार्यसमितिको विदाई तथा बार्षिक साधारण सभा निम्नानुसार स्थान, मिति र समयमा हुने भएकाले यहांहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
यस कार्यक्रममा भौतिक रुपमा उपस्थित हुननसक्ने सदस्यज्यूहरुका लागि अडियो- भिजुयल प्रबिधिको प्रयोग गरि सहभागि गराईने समेत जानाकारी गराउन चाहन्छु।
धन्यवाद !

मिति: सेप्टेम्बर १६, २०१७
समय: १०:३० वजे – ५ बजेसम्म
स्थान: 20520 Beallsville Road, Dickerson, MD 20842

भवदिय:
डा केशव पौडेल
अध्यक्ष
एनआरएनए अमेरिका

सम्बन्धित समाचार