एनआरएन अध्यक्ष डा पौडेलले सामुदायिक केन्द्रको लागी १ लाख डलर सहयोग गर्ने घोषणा

August 30, 2017

न्युयोर्क- एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले अमेरिकाको विभिन्न राज्यमा निर्माण हुने सामुदायिक केन्द्र (कम्युनिटि सेन्टर)को लागी १ लाख डलर सहयोग गर्ने घोषणा गरेका छन । डा पौडेलले एनआरएन अमेरिकाको मुख्य उद्धेस्य मध्येको कम्युनिटि सेन्टर बनाउने कार्यलाई आफनो व्यक्तिगत तर्फबाट यो सहयोग दिन लागेको जनाएको छ । समुदायले गर्ने हरेक कार्यमा मेरो साथ र सहयोग रहने छ भनी गरेको प्रतिबद्धता अनुसार यो घोषणा गरेको सबै माझ विज्ञाप्ती मार्फत जानकारी दिएका छन ।

यसको शुरुवात अध्यक्ष पौडेलले मगलबारनै रिज्युउड सोसाइटीले रिज्युउडमा स्थापना गर्न लागेको दुर्गा मन्दिर तथा सामुदायिक भवनको लागी १० हजार डलर सहयोग गरेका छन । प्रवासी नेपाली समुदायमा आवश्याक महसुस भइरहेको यस्तो सामुदायिक केन्द्रका लागी आफनो सहयोगको साथै नेपाली समुदायलाई पनि सहयोगको आग्रह गर्नुको साथै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन ।

 

हार्दिक अपील

आदारणीय नेपाली समुदाय, हार्दिक अभिवादन!!

अमेरिकका विभिन्न शहरमा नेपाली समुदायको अग्रसरतामा सामुदायिक केन्द्र (कम्यूनिटी सेन्टर) निमार्ण हुने क्रममा छन् । यो अहिलेको आवस्यकता र सार्थक प्रयास हो । मेरो जानकारीमा अहिलेसम्म १५ शहरमा यस्ता कम्यूनिटी सेन्टर निमार्णको पहल भईरहेको आएको छ । समुदायले गर्ने हरेक कार्यमा मेरो सहयोग र समर्थन रहने मैले पटक पटक प्रतिवद्धता व्यक्त गर्दै आएको कुरा यहॉहरुमा विदितै छ। कम्यूनिटी सेन्टर निर्माण हामी अमेरिकावासी नेपालीहरुको प्रमुख मुद्दाहरु मध्येको एक रहेको कुरा यसअघि नै वताउंदै आएको थिएं । यस क्रममा नेपाली समुदायले निमार्ण गर्ने विभिन्न शहरका कम्यूनिटी सेन्टरका लागि आगामी दिनहरुमा ५ देखि दशहजार डलर भित्र पर्ने गरि मैले जम्मा १ लाख अमेरिकी डलर सहयोग गर्ने जानकारी गराउंछु । यसको शुरुआत आजै मंगलवार न्यूओर्क स्थित नेपाली रिजउड सोसाइटीले निमार्ण गर्न लागेको कम्यूनिटी सेन्टरका लागि १० हजार डलर दिने घोषणा गरेको छु । यो सवै मेरो व्यक्तिगत सहयोग हो । यस वाहेक हाम्रो समुदायले गर्ने काममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन अमेरिका)का तर्फवाट संस्थागत समर्थन र सहयोग रहने छ। एनआरएन अमेरिकाको अध्यक्षका हैषियतले पनि म नेपाली समुदायसंग यस्ता कार्यमा सहयोग गर्न विनम्रतापूर्वक आग्रह र अपील गर्छु । र सहयोग दिने समुदायका सहयोगी मनहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

भवदिय

डा केशव पौडल

अध्यक्ष एनआरएन अमेरिका ।

 

 

सम्बन्धित समाचार