एनआरएन अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ हुने

August 31, 2017

एनआरएन अमेरिकाको निर्वाचन यही सेप्टेम्बरको ५ र ६ तारिख हुने भएको निर्वाचन कमिटिले जनाएको छ । बुधाबार साझ बजारमा हल्ला भइसकेपछि मात्र कमिटिले आधिकारिक रुपमा विहिबार विहानको १२ बजेर १८ मिनेट जादा निर्वाचन हुने सुचना जारी गरेको छ । सुचनामा सेप्टेम्बरको ३ तारिख विहान ८ बजेदेखि बन्द सत्र शुरु भएर ५ र ६ मा अलनलाइनबाट मतदान हुने जानकारी गरेको छ । कमिटिले तीन पटकसम्म उम्मेद्धवरहरुको नामवाली सार्वजनिक गरेर पनि यस अघि तोकिएको समयमा हुन नसकेको निर्वाचन यही सेप्टेम्बर ५ मा गर्न लागेको हो ।

सम्बन्धित समाचार