Vastika.com

एनआरएन आइसिसिको उपाध्यक्षमा लामाद्धारा उम्मेद्धवरी घोषणा

September 25, 2017

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आगामी नया नेतृत्वको लागी उम्मेद्धवर दिनेहरुको नाम घोषणा हुन थालेको छ । आगामी अक्टुबरमा काठमाडौमा हुन लागेको अधिबेसनमा उपाध्यक्ष पदमा एनआरएन अमेरिकाजको क्षेत्रिय संयोजक सोनाम लामाले उपाध्यक्ष पदमा उम्मेद्धवरी घोषणा गरेका छन । लामाले बेलायतमा आयोजित एनआरएनको पदभार हस्तन्तरण कार्यक्रममा औपचारिक रुपमा उपाध्यक्ष पदमा आफनो उम्मेदवारी घोषणा गरेका छन । लामा एनआरएन अमेरिकाजको क्षेत्रिय उपसंयोजक हुदै संयोजक भएर एनआरएनमा सेवा गदै आएका छन । उनले एनआरएनएका लाप्राक प्रोजेक्ट लगायतका विभिन्न प्रोजेक्टहरुमा सकृय रुपमा लाग्दै आएका छन । न्युयोर्कमा हिमालयन याक रेष्टुरेन्टका मालिकको रुपमा चिनिएका लामाले काठमाडौ र मुस्ताङमा व्यवसाय गदै आएका छन । त्यस्तै उनले २ करोड लगानीमा आफनै क्षेत्र मुस्ताङ्गमा सबैभन्दा ठूलो बुद्ध मुर्ती प्रतिस्थापन गरेका छन ।

 

उपाध्यक्ष पदका उम्मेदवार सोनाम लामाको घोषणा पत्र 

घोषणा पत्र ।।

नमस्ते यहाँ उपस्थित मेरा अग्रज अध्यक्षज्यु आइसिसि सदस्यज्युहरु लगायत सम्पुर्ण नव निर्वाचित पधादिकारीज्युमा म सोनाम लामाको ।
आजको यो सभामा म यहाँहरुलाई साक्षी राख्दै मेरो एनआरएनएको ८ वर्षको यात्रालाइ निरन्तर जारी राख्न आगामी २०१७ — २०१९ को आइसिसिको उपाध्यक्षको जिम्मेवारी लिने घोषणा गर्दछु । यहाँहरुको विश्वास र मायाले मलाई अझ निरन्त काम गर्न उर्जा मिलेको हो । गोर्खालीहरुको ईमान्दारीता र बहादुरीले सिचेको यो बेलायत मेरो अर्को घर हो, तपाइहरु मेरा परिवार । म सम्पुर्ण एनआरएनहरुलाइ विश्वास दिलाउन चाहन्छु मेरो उपाध्यक्षको कार्यकालमा गर्नु पर्ने÷गर्न सक्ने मेरा प्रतिबद्धताहरु
१) मेरो कर्म क्षेत्र अमेरीकाको क्षेत्रिय सम्मेलनमा पारीत भिजन २०२० एण्ड वियोण्डलाई पारीत गरी सफलतापुर्वक लागु गराउन ।
२) हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक मेरो पनि सपना हो । मैले पनि सेवा गर्ने मौका पाएको छु । अध्यक्षज्युसगै अब बाँकी काम पुरा गर्न पछि हटने छैन ।
३) हाम्रो १४ वर्ष देखिको सपना हाम्रो हेडक्वाटर जसको म आफै संयोजक छु । अब बाँकी काम पनि पुरा गर्न म पछि हटने छैन ।
४) हामी भोली मरेर जान्छौ, हामी मरेर गएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाइ मुलुकसंग जोडी राख्न नागरिकताको निरन्तरताको लागी हिजोको भन्दा धेरै सकृय हुनेछु ।
५) देशमा काम गर्ने दक्ष कामदार छैन्न । मैले आफैले लाप्राक, हेडक्वाटर, मेरो बनिरहेको होटल, मुक्तिनाथ रिर्सोट, विश्वको अग्लो स्थानमा बनिरहेको बुद्ध मुर्ती परियोजनामा मैले आफै भोगेको छु । त्यसैले मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा मेरो सकृयता रहने छ ।
हिजो जसरी देशमा परेको संकटमा अध्यक्षज्यु संग काँधका काँध मिलाएर चाहे भुकम्प पिडितलाई राहत पु–याउन होस् , चाहे सप्तरी बाढी पिडितलाई सघाउन म हिजो जतिकै भोली पनि खट्ने छु । हिजोको दिनमा जति गरे म त्यसलाई निरन्तरता दिदै मेरो अबको दुई वर्षको कार्यकालमा यति काम सम्पन्न गर्न सके भने मैले मेरो देश मेरो नेपाल र तपाई एनआरएनहरु प्रतिको कर्तव्य पुरा भएको विश्वास गर्ने छु ।
अन्त्यमा सबैलाई एनआरएनएमा आबद्ध भई देशको विकासमा सहभागी हुन आग्रह गर्दै विदा माग्दछु ।
जय एनआरएन ।।

सम्बन्धित समाचार

वार्ता

समावेशिता स्विकार नगर्ने संविधान दिवस मान्दैनौं(अन्तर्वार्ता)

जगत बराम अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ सरकारले संविधान दिवसको अवसरमा दीपावलीसहितको विभिन्न कार्यक्रम गर्न निर्देशन दिए पनि आदिवासी जनजाति महासंघ भने संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम गर्दैछ । आफू मातहतको जिल्ला कमिटी र विभिन्न देशमा रहेका समितिहरूलाई संविधान दिवसको विरोधमा कार्

लोकप्रिय

सिफारिस

तामाङको राजीनामाको कारण : जिब्रो मात्र कि अरु पनि ?
मुख्यमन्त्रीमा ईन्द्रेणी अनुहार: यी हुन् नेपालका पहिलो सात मुख्यमन्त्री
५० फोटोमा हर्नुस मिस शेर्पा फाइनलको क्षण