एनआरएनद्धारा नागरिकता विधेयकको विरोधमा ज्ञापन पत्र

August 15, 2018

एनआरएन एनसिसि अमेरिकाले विभिन्न संघ संस्थाहरुको सहाभागीतामा नेपाली महाबाणिज्य दूतावास न्युयोर्क मार्फत नेपाल सरकारलाई गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ज्ञापन पत्र बुझायो । उक्त ज्ञापन पत्र एनआरएन अमेरिकाका महासचिव बाबुराम लामाले पढेर सुनाएका थिए भने एनआरएन उत्तर अमेरिका क्षेत्रिय उपसंयोजक नविन शेरचन र एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्रीले नेपाल कन्सुलेटका उपमहाबाणिज्यदुत पुष्पराज भट्टराईलाई बुझाएका थिए ।

नेपालको संबिधान २०७२ को भाग २ को दफा १४ मा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि व्यवस्था भैसकेपनि कार्यान्वयन गर्ने क्रममा नेपाल सरकारले सो सम्बन्धि ऐन कानून बनाउनको लागि सो सम्बन्धि बिधेयक संसदमा दर्ता भै हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको छ । प्रस्तावित विधेयकमा संबिधानमा उल्लेख भएको भन्दा भिन्न प्रकारले ब्याख्या भएको र गैर आवासीय नेपाली सम्बन्धि धेरै सवालहरु समाबेश नभएकोले सम्बोधन गरिनु पर्ने बुंदाहरु उल्लेख गरि ज्ञापन पत्र बुझाईएको हो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति बिश्व संजालका अध्यक्ष बिष्णु सुबेदी, प्रवासी नेपाली मंचका प्रतिनिधि सिता खरेल, एनआरएनएका बोर्ड अफ डाइरेक्टर आङ निमा ग्याल्जेन शेर्पा, नेपाली जन सम्पर्क समिति, अमेरिकाका केन्दि्रय सदस्य पिताम्बर भुसाल, नेपाली कांग्रेसका महासमिति सदस्य बेद खरेल, डेमोक्रेटिक युथ काउन्सिलका अध्यक्ष प्रमोद सिटौला, नेपाल तरुण दल अमेरिकाका उपाध्याक्ष अनन्त सुबेदी, नेपाल बिद्यार्थी संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटा, जन सम्पर्क समितिका पुर्व उपाध्याक्ष मिङमार शेर्पा, र एन आर एन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी सुबेदी लगायतका व्यक्तिहरुको उपस्थित थिए । जन सम्पर्क समिति अमेरिकाले पनि मगलबारनै विज्ञाप्ती जारी गरि नेपाल सरकारले ल्याउन लागेको नागरिकता विधेयकको ध्यानकर्षण गदै विरोध जनाएको छ ।

सम्बन्धित समाचार