एनआरएन पर्यटन संयोजकमा जाङबु

March 26, 2018

एनआरएन अमेरिकाले सस्थागत हित तथा सबै क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य अनुरुप नेपालको पर्यटन विकासको लागी अमेरिकाको न्युयोर्कबाट जाङबु शेर्पा ( गोले)लाई नेपालको पर्यटन तथा व्यापार विस्तार समितिको संयोजकमा चयन गरेको छ । उनी संयोजक रहेको समितिमा विभिन्न राज्यमा रहेका व्यक्तिहरु समेटेका छन । शेर्पा अमेरिकास्थित शेर्पा समुदायको सामुदायिक सस्था शेर्पा किदुगको निवर्तमान महासचिव हुन । नेपालमा लामो समयदेखिन पर्यटन क्षेत्रमा लाग्दै आएका उनी नेपालको ट्रेकिङ एजेन्ट एसोसियसन अफ नेपाल टानका महासचिव आङ पेम्बा शेर्पाका दाई हुन ।  ‘आफुले पाएको जिम्मेवारी अनुरुप नेपालको पर्यटन प्रर्वद्धनको लागी केही गरौ भन्ने मनमा सोच आउन थालेको छ’ न्युयोर्कमा बस्दै आएका संयोजक जाङबुले एभरेष्टटाइम्सलाई बताए ।

सम्बन्धित समाचार