कंग्रेसम्यान क्राउलीद्धारा क्षेत्रीलाई सम्मान

March 16, 2018

१ सय ८ औ नारी दिवसको अवसर पारेर न्युयोर्कको कंग्रेसम्यान जोशेफ क्राउलीले अधिकारकर्मि नेपाली महिला नर्बदा क्षेत्रीलाई सम्मान गरेको छ । अधिकारका अर्गनाइजर तथा प्रोग्राम डाइरेक्टर क्षेत्रीले लामो समयदेखिन नेपाली समुदायमा अधिकारका सवालमा पुर्‍याएको योगदानको कदरस्वरुप कंग्रेसम्यान क्राउलीले उक्त सम्मान गरेको हो ।

सम्मान गत मार्चको १२ तारिख न्युयोर्कको बोटनिकल गार्डेनमा भएकेा थियो । नारी इतिहास महिनाको रुपमा मनाउदै आएको कार्यक्रममा यस पटक क्षेत्रीसंगै अन्य दुई सस्थाको अधिकारकर्मिलाई पनि क्राउलीले सम्मान गरेका थिए । अधिकारकर्मि क्षेत्रीले सन २००७ देखि अधिकार मार्फत निरन्तर रुपमा नेपाली समुदायको सेवामा लाग्दै आएकी थिइन ।

‘ मेरो हरेक संघर्षलाइ शक्तिमा परिणत गरी त्यसैलाईनै वकालत गर्ने औजार बनाए जसको फलस्वरूप यो परिणाम पाएको सवैलाई सुनाउन पाउदा बिभोर भएकी छु’ सम्मान पाएपछि क्षेत्रीले भने -‘ मैले यस्तो सम्मानित पुरस्कार पाउछु भनेर कहिल्यै कल्पना गरेको थिइन् तर निरन्तर निस्वार्थ ,इमान्दार ,लगनशील र कठोर परिश्रम काम गरे बापत यो उपलब्धि भएको ठानेकी छु’ ।

सम्बन्धित समाचार