कलाकार दीपक क्षेत्रीको निधन

December 15, 2019

काठमाडाैं– कलाकार दीपक क्षेत्रीको शनिबार निधन भएको छ । काठमाडौँको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले जानकारी दिए।

उनी नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय गर्थे । उनले दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ ।

क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो ।

सम्बन्धित समाचार