काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

November 18, 2017

लमजुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा आज बम प्रहार भएको छ ।
तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो ।
बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसीशहरमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न आउँदै जाँदै गर्दा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार