कानुन व्यवसायी बासु फुलारा काठमाडौमा सम्मानीत

March 3, 2019

उपराष्ट्रपति नन्द बहादुर पुनले अमेरिकाको न्युयोर्कस्थित वकिल तथा कानुन ब्यवसायी बासु फुलारालाई ‘ शिखर अन्तराष्ट्रिय विशिष्ठ व्यक्तित्व सम्मान २०७५ ’ बाट सम्मान गरियो । शिखर नेपालले उक्त सम्मान काठमाडौमा आयोजना गरेको थियो । अधिबक्ता फुलारा नेपालको सुदुर पश्चिमको डोटी जिल्लाको चुडी हाल शिखर नगरपालिका जन्मेर उच्च शिक्षासंगै अमेरिकाको न्युयोर्कमा कानुन व्यवसायी गदै आएका छन । न्युयोर्कको अतिनै व्यस्त र महाङगो टाइम्सस्वायरमा रहेको ‘ल अफिसेस अफ बाशु डि फुलारा पिसी’ मार्फत उनले अहिलेसम्म अमेरिकाको ३० वटा भन्दा बढी राज्यका अदालतहरुमा बाणिज्य, फौजदारी, पारिवारिक, सम्पत्ती, अध्यागमन लगायतका मुद्धाहरुमा बहस गर्दै अन्यायमा परेकाहरुलाई न्याय दिदै आएका छन ।

नेपाल ल क्याम्पसबाट कानुन संकाय लिई अध्ययन गरेर अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत अब्बल क्षमता प्रस्तुत गरिसकेका कानुन व्यवसायी फुलारालाई नेपाल आएको बखत सम्मान गरेको आयोजकले शिखर नेपालले जनाएको छ । उनको क्षमता तथा योग्यतालाई कदर गर्दै उनले यस अघि ‘नेपाल महिन्द्र विद्याभुषण’ जस्तो सर्वोत्कृष्ट पदबाट समेत सम्मानित भइसकेका थिए । ‘ मातृभुमीमा आफुले पाएको यो सम्मानले थप जिम्मेवारी महसुस भएको छ ’ कानुन व्यवसायी फुलाराले भने—‘ अमेरिकामा नेपाल र नेपालीलाई हितमा सम्झी आगामी दिनहरुमा अझ बढी परिणाम मुखी सहयोगी कार्यहरु गर्ने योजना बनाएको छु’ ।

कार्यक्रममा संस्थाका अध्यक्ष शेखर खनालले नेपालमा जन्म भई अमेरिकामा कर्म बनाउन सफल अधिबक्ता फुलाराले नेपालमा भएको प्राकृतिक विपत्ती, भुकम्प, बाढी पहिरो लगायतका समस्याहरुमा सहयोगी हातहरु फैलाई सहयोग गरेकोमा सम्मान गरिएको जानकारी दिएको थिए । त्यस्तै उनले नेपाल अमेरिकाको सम्बन्धलाई प्रगाढ बनाउन समेत उल्लेख्य सहयोग गरेको कार्यको प्रसंसा गदै आगामी दिनहरुमा उक्त सम्मानले अझ बढी दायित्व बोध गराउनेमा विश्वास लिएके बताएका थिए । कार्यक्रममा आयोजक संस्थाका सदस्यहरु मान बहादुर थापा, हेमाङ्गराज गिरी, श्याम सिंह, ज्ञान खत्री तथा उपराष्ट्रपतिका स्वकिय सचिव सुक बहादुर रोका (शरद) लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार