काब्य यात्रासंगै कवि तथा गीतकार बसन्त चौधरी न्युयोर्कमा सम्मानीत

September 15, 2019


नेपालको प्रतिष्ठीत ब्यापारी, कवि तथा गीतकार बसन्त चौधरीको दोश्रो काव्य यात्रा शृंखला न्युयोर्कमा सम्पन्न भयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रम गायिका सपनाश्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गाना र बाल कलाकार अर्मनी मर्हजनद्धारा अमेरिकी राष्ट्रिय गाना गाएर शुभारम्भ गरेका थिए ।
काब्य यात्रामा कवि चौधरीले विभिन्न समयमा आफुले रचेका कविता, गीत, गजल र मुक्तकहरु वाचन गरेका थिए । निकै मिठास र रोचक ढंगले प्रस्तुत गरेको कवित चौधरीको एकल कविता र मुक्तकहरु सुनेर उपस्थित अतिथिहरु आनन्दीत महसुस गरेका थिए ।

अनेसास न्युयोर्क च्याप्टरको अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व तथा न्युयोर्क राज्यको सिनेटर जोन सि लिउको प्रमुख अतिथ्यमा भएको कार्यक्रम अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री र कवि चौधरीले बत्ति बालेर उदघाटन गरेका थिए । कविता वाचनसंगै कबि चौधरीले लेखिएका कविताहरुको संग्रह पुस्तक ‘बसन्त’ सिनेटर लिउले विमोचन गरेका थिए । विभिन्न ९ भाषामा प्रकाशित उक्त कविता संग्रहको कवि चौधरीले अनेसासलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा लामो समयदेखिन योगदान पुर्‍याउदै आएका कवि चौधरीलाई न्युयोर्क सिटिको तर्फबाट सिनेटर जोन सि लिउ र नेपाली समुदायको तर्फबाट अनेसासको बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले सम्मान पत्रले र अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा न्युयोर्क राज्यका सिनेटर लिउले नेपाली भाषा साहित्यमा योगदान दिदै आएका व्यक्तित्वलाई सम्मान गर्न पाउदा खुसी लागेको बताए । सिनेटर लिउलाई पनि कवि चौधरीले नेपालबाट ल्याएका मायाको चिनो उपाहार प्रदान गरेका थिए । त्यस्तै विशेष अतिथिको रुपमा उपस्थित अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष खत्रीले कबि चौधरीको साहित्यीक यात्रा सफलताको लागी बधाई दिदै उनको विश्व काव्या यात्राको अन्तिम श्रृखला पनि न्युयोर्कमै गर्ने घोषणा गदै आगामी यात्रा सफलताको शुभकामना दिएकी थिइन ।

त्यस्तै अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष श्रेष्ठ र जिपि फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम अनेसास न्युयोर्क च्याप्टरका उपाध्याक्ष शकुन ज्ञवालीले सञ्चालन गरेकी थिइन । कार्यक्रमको अघिल्लो दिन कवि चौधरीलाई न्युयोर्क च्याप्टरले विभिन्न मुलुकका साहित्यकारहरुको उपस्थितमा रात्रीभोज सहित न्युर्योकमा स्वागत गरिएको थियो । स्वागत तथा रात्रीभोजा उपस्थित विभिन्न मुलुकका साहित्यकारहरुले आ आफनै रचनाहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार