कास्की २ मा विद्या भट्टराई ८ हजार मतान्तरले विजयी

December 1, 2019

कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन्।

शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। जबकी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन्। विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गरिन्।

सम्बन्धित समाचार