किदुग गल्फ उपाधी दावालाई

June 28, 2017

एभरेष्टटाइम्स
न्युयोर्क- शेर्पा किदुगद्धारा आयोजित यस पटकको ११ औ गल्फ प्रतियोगिताको उपाधी दावा लामाले जितेका छन । बर्मन निवासी लामाले प्रतियोगितामा उत्कृष्ठ अंक ल्याउन सफल भई यो उपाधी जित्न सफल भएको हो । ३६ जना खेलाडीहरु वीच भएको प्रतियोगितामा छेवाङ लामाले क्लोजेट टु पिन र कर्मा लोतेनले लङगेष्ट ड्राइभ जितेका छन ।

उक्त प्रतियोगितामा दावा पहिलो भएको थियो भने दोश्रो स्थानमा छे दोर्जी र तेस्रोमा डा केसाङ भएका थिए । तिब्ब्बत , भुटान, इण्डिया र नेपालको खेलाडीहरु वीच मरिनपार्क गल्फ कोर्समा प्रतियोगिता भएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई किदुगका अध्यक्ष उर्गेन शेर्पाले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार