‘किन हो किन तिम्रो यादले’ म्यूजिक भिडियो सार्वजनिक

July 13, 2017

 

काठमाडौ, पुर्वेली गायकको उपमा पाएका सुरज मादेन लिम्बुको स्वर भरिएको आधुनिक पप सेन्टीमेन्टल म्यूजिक भिडियो हालै सार्वजनिक भएको  

किन हो किन तिम्रो यादले, यति धेरै सताउछ, तिमी विना मेरो संसार सुन्य सुन्य लाग्छ ….. बोलको आधुनिक गीतलाई पप संगीतसंग रिमिक्स गरिएको गीतलाई दिनेश माङमुले निर्देशन गरेका छन् सुरज मादेनको शब्दलाई संगीत सुरज मादेन अाफैले भरेका छन् संगीत भर्ना उनलाई भक्त  सुनुवारले साथ दिएका छन् भिडियो निर्माणमा अर्जुन तिवारीले छायाँकन गरेका छन भने सम्पादन निशान घिमिरेले गरी म्युजिक भिडियोलाई अन्तिम रुप दिएका छन्  

भर्खरै रिलिज भएको नेपाली चलचित्रतारेभिरमा अभिनय गरेका दिपेश श्रेष्ठ   लिम्बु भाषाको सिरापधाङ् म्यूजिक भिडियोका मुख्य भूमिका निर्वाह गरेकी सिर्जना तवेवुङ्कको अभिनय देख्न सकिन्छ साथमा पत्रकार तथा फोटोग्राफर सुक तुम्रोक डेनिल लिम्बुले चरित्र अभिनेताको भूमिका निर्वाह गरेका छन् सरु ढाका उधोगको पहिरनलाई श्रृगार समरा लामाले भिडियोमा अाकर्षक ढंगले प्रस्तुती गरेका छन्

 

सम्बन्धित समाचार