किरात राई सस्कृतिमा आधारित चलचित्र सायाबुङ प्रर्दशन हुने

July 11, 2019

किरात राई सस्कृतिमा आधारित चलचित्र सायाबुङ ( सिरफुल) न्युयोर्कमा प्रर्दशन हुने भएको छ । साया राईको निर्माण र भागीराज राईको निर्देशनमा बनेको यो चलचित्र न्युयोर्कको ज्याक्सनहाइटमा यही आइतबार प्रर्दशन हुने भएको छ ।
पुर्वि नेपालको पाचथर, ईलाम र सिक्किमको सिमाना सन्दकपुर फालोट हुदै आसाम मनिपुर सम्म छायाङकन गरिएको चलचित्रमा सौजन सुब्बा ,साया राई ,निशा राई,राहुल राई बोगिको,मदन दुमि राई ,सगुन सुसाराको अभिनय रहेका छन ।

चलचित्रले प्रकृति पुजक भुमिपुत्र आदिबासि किराती समुदायको जीबन शैलि र परम्परागत सस्कृतिको बारेमा सन्देश दिएको छ । नेपाल, भारत र कोरियामा प्रर्दशन भईसकेको यो चलचित्रबाट उठेको केही रकम स्वास्थ्य सेवा क्षेत्रमा आर्थिक अभाब भोगी रहेका मुटु र मृगौला पीडित रोगीहरूलाई पत्रकार सम्मेलन गरि २ लाख भन्दा बढी सहयोग गरिसकेको जनाएको छ ।

सम्बन्धित समाचार