कुलदिपको नेतृत्वमा मगर संघमा नया नेतृत्व

June 29, 2018

मगर संघ अमेरिकाको ७ औं महाधिबेशनले कुलदीप राना मगरको अध्यक्षतामा नया केन्दि्रय कार्यसमिति चयन गरेको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा लक्ष्मी राना मगर, उपाध्यक्षहरुमा अनिल रोका मगर, अम्बर राजन मगर र रुकु राना मगर चयन भएका छन । त्यस्तै महासचिबमा सुमन पुन मगर, सचिबमा मन सर्बुजा मगर, कोषाध्यक्षमा रबी थापा मगर, सहकोषाध्यक्षमा आशिस थापा मगर र सदस्यहरुमा सुरेन्द्र प्रताप पुलामी मगर , चन्द्र गुर्माछाने मगर, दिनेश बुढा मगर,बिरेन्द्र पुन मगर , खुम कुमारी थापा मगर र बिष्णु थापा मगर रहेका छन । गत जुनको २४ तारिख न्यूयोर्कमा सम्पन्न अधिबेसनको उद्घाघाटन नेपाल आदिबासी जनजाति महासंघ अमेरिका -फिप्ना) अध्यक्ष मानबहादुर राना मगर र मगर संघ अमेरिकाका अध्यक्ष रुद्र आले थापा मगरले नेपालका प्रथम शहीद लखन थापा मगरको तस्बिरमा परम्परागत खादा पहिर्याएर गरेका थिए ।

सम्बन्धित समाचार