कोरोनासंग लडदै आएका निमा तेम्बा शेर्पाको मृत्यु

April 8, 2020

कोरोना संक्रमण भएर एलमष्ट अस्पतालमा उपाचार गरिरहेका निमा तेम्बा शेर्पाको ४३ वर्षको उमेरमा मृत्यु भएको छ । विगत ११ दिनदेखि अस्पतालमा उपाचार गरिरहेका उनको वुधाबार विहान मृत्यु भएको थियो । उनी सोलुखुम्बु जिल्ला सोताङ गाउपालिका वडा ४ दिम्बल गाउबासी हुन । शेर्पा किदुग अमेरिकाको आजीवन सदस्य निमा तेम्बा शेर्पाको मृत्यु भए लगतै शेर्पा किदुगले विज्ञाप्ती मार्फत श्रद्धाञ्जली दिएको छ ।

एक छोरा र एक छोरिका पिता उनी विगत १३ बर्षदेखिन न्युयोर्कमा बसोबास गदै आएका थिए । उनको अन्तेष्टिको लागी शेर्पा किदुगका पुर्व उपाध्याक्ष निमा देण्डी शेर्पा र शेर्पा संघ अमेरिका बरिष्ठ उपाध्याक्ष ल्हाक्पा देण्डी शेर्पाले अस्पतालसंग सम्पर्क गरिरहेको जनाएको छ ।

किदुगका पुर्व उपाध्याक्ष शेर्पाका अनुसार यतिखेर फेनरल होम र अन्तेष्टि गर्न ठाउ पुरै बुक भइसकेकोले चाडै अन्तेष्टिको लागी सम्पर्क गरिरहेका जानकारी दिएको छ । केही दिन अघि अस्पताल र परिवारका सदस्य वीच गलत बुझाईको कारण उनको मृत्यु भएको भनी सामाजिक सन्जाल र सञ्चारमाध्याममा समाचार प्रकाशन भएको थियो ।

सम्बन्धित समाचार