क्यानडामा समाजसेवि स्व आङ बोरु शेर्पाप्रति श्रद्धाञ्जली

May 20, 2018

स्व. शेर्पा प्रति श्रध्दान्जली अर्पण गर्न उपस्थित नेपाली समुदाय । तस्बीर: रामकाजी मोक्तान, क्यानडा

क्यानडाको नेपाली समुदायमा विशेष योगदान पुर्‍याउदै आएका जनजाती महासंघ क्यानडाको सस्थापक अध्यक्ष तथा शेर्पा संघ क्यानाडाको अध्यक्ष एवं समाजसेवि स्व आङ बोरु शेर्पाप्रति जनजाती महासंघ क्यानडाले एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो। लामो समय क्यानडामा रहेर स्व शेर्पाले नेपाली समुदायमा पुर्‍याएको योगदानको स्मरण गदै उहाँको तस्विरमा फुलको गुच्छा र खादा लगाउँदै श्रद्धाञ्जली चढाएका थिए ।

क्यानडा स्थित नेपाली समुदायमा स्व. शेर्पाको योगदान बारे चर्चा गर्दै नेपाल आदिवासी जनजाति महासँघ क्यानडाको अध्यक्ष गिरी बुढाथोकी । तस्बीर: रामकाजी मोक्तान, क्यानडा ।

क्यानडाको बसाईसंगै पछिल्लो समय अस्वस्थ भएर नेपालमा निधन भएको उनको श्रद्धाञ्जली कार्यक्रम एनआरएनए क्यानडा लगायत सम्पूर्ण नेपाली संघ सस्थाहरुको संयुक्त आयोजना भएको थियो । कार्यक्रममा जनजाती महासंघ क्यानडाको अध्यक्ष गिरी बुढाथोकीले स्व शेर्पाले क्यानाडाको नेपाली समाजमा पुर्‍याएको योगदानको चर्चा गदै उहाँ सधैभरी सम्झीरहने बताएका थिए ।

मुलुकको लोकतन्त्र तथा गणतन्त्रको आन्दोलनमा पनि उतिकै भुमिका खेल्दै आएका स्व शेर्पा क्यानडामा जनजातीको हितसंगै एनआरएन क्यानडाको आजीवन सदस्य भएर महत्वपुर्ण कार्य गदै आएका थिए । उनी दुई छोरा र श्रीमतिका साथ क्यानडामा सन २००० देखि बस्दै आएका छन् । कार्यक्रम जनजाती महासंघ क्यानडाको सदस्य रमेश रानाले सन्चालन गरेका थिए ।

सम्बन्धित समाचार