क्यालिफोर्नियामा गोलीकाण्ड, ५ को मृत्यु

November 17, 2019

लस एन्जेलस– अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको स्रोतले जनाएको छ ।

स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ । उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ ।

स्थानीय समयानुसार शनिबार बिहान ६ बजेर ४९ मा घटनाका बारेमा प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ ।

मृत्यु भएका मध्ये एक जना तीन वर्षीय बालक, एक २९ वर्षीया महिला र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । ५ वर्षीय र नौ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागी घाइते भएका ११ वर्षीय एक बालकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ । घटनाको कारण बारे केही थाहा हुन नसकिएको प्रहरीको भनाई छ ।

प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएका छन् ।

सम्बन्धित समाचार