क्याालिफोर्नियामा हुने ग्लोबल नेपाली फिल्म अवार्डमा वृतचित्र “राईज अप” प्रदर्शनी गरिने

November 29, 2019

एभरेष्ट टाईम्स् /क्यालिफोर्निया ।

लसएन्जल्स निवासी युवा समुहले हालै निर्माण गरेको “राईज अप“ नामक वृतचित्र यहि नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म क्यालिफोर्नियामा हुने चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा प्रदर्शनी गर्ने संचारकर्मी एवं वृत्तचित्रको कथावस्तु लेखिका डोल्मा लामाले बताईन् । सनफ्रान्सिसको स्थित बर्कलीको युसी थिएटरमा नभेम्बर ३० तारिक बृत्तचित्र प्रदर्शनी हुने कार्यक्रम रहेको छ । लामाका अनुसार बृत्तचित्रमा वास्तविक जीवनमा ठाउँ ठाउँमा घटीरहेका महिला हिंसाका घटनाहरुलाई उजागर गरिएका छन् ।

वृत्तचित्रलाई एस राज प्रोडक्सनका संचालक शंकर राज वाग्लेले निर्देशन गरेका छन् । वाग्ले र सन्जय कार्कीले संयुक्त छायाङ्कन गरेका बृत्तचित्रलाई शुस्मिक लामाले संयोजन गरेकी छिन् । लामा बर्नीन २०२०को फिल्ड अर्गानाईजर हुन् ।

बृत्तचित्रमा सन्देश थापा र दिब्ना थापा प्रमुख पात्रको रुपमा रहेका छन् । सन्देश थापा युनिभर्सिटी अफ क्यालिफोर्निया, लसएन्जल्समा अभिनय कलामा अध्ययनरत छन् भने मोडलिङका प्रशिक्षार्थी समेत हुन् । नेपाली मुलकी दिब्ना थापाले क्यालिफोर्नियाको बेभर्ली हिल्स कलेजबाट अभिनयको २ बर्षे कोर्स पुरा गरेकी हुन् भने उनले केही विज्ञापनहरुमार्फत अाफ्नो अभिनय कला समेत देखाई सकेकी छिन् ।

यसै गरी पेन्सलभनिया निबासी क्रियाशील युवा साजन लामा, मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली, अशुतोष ओली, युवा ब्यबसायी श्याम सेढाई, सामाजिक अभियान्त टेक वाईबा लामा, सामाजिक कार्यकर्ता नुतन काफ्ले, सामाजिक अभियान्त विष्णु राउत, निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियन समेत बृत्तचित्रमा देखिन्छ ।

समाजमा ब्याप्त बिभिन्न बिकृतीमूलक घट्नाहरुलाई पर्दामा उतारेर सामाजिक संजाल मार्फ़त जनचेतना जगाउँने लक्ष्य बोकेको युवा समुहले अन्तराष्ट्रीय डायस्पोरामा घटिरहेको घटनाक्रम तथा विभिन्न हिसां, हत्या र सामाजिक विकृतिमूलक विषयवस्तु माथि जनचेतनामुलक भिडियोहरु निर्माण गर्दै अाएको छ । समूहले अमेरिकामा बन्दुक हिंसाबाट अातंकित समुदायको कथावस्तु माथि गत बर्ष निर्माण गरेको भिडियोको चारै तिरबाट प्रशंसा पाएका थिए ।


चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमलाई नेपाली चलचित्र समाज, गोल्डेन स्टेट मुभी मेकर, हिमालयन फाउन्डेसन कर्पोरेसन लगायत संघ संस्थाहरूले संयुक्त आयोजना गरेका हुन् । नेपाली चलचित्र उद्योगका ख्याती प्राप्त बरिष्ठ कलाकारहरूको समेत उपस्थिती रहने कार्यक्रममा उदयीमान नयाँ प्रतिभाशाली कलाकारहरुको उपस्थिती रहने अायोजकले जनाएको छ । ‘आफ्नै नाम, शान र पहिचान’ भन्ने नारा सहित आयोजना भएको अवार्ड कार्यक्रम वास्तवमा नेपाल देखि अमेरिकामा बसोबास गर्ने कलाकारहरु जमघट हुने कुम्भमेलाको रुपमा हुने चर्चा छ । बाल्टिमोर निवासी चर्चित नायिका पूजा चन्द कार्यक्रममा भाग लिन क्यालिफोर्निया पुगी सकेकी छिन् । अायोजकका अनुसार नेपालबाट बरिष्ट कलाकार निर शाह, राजेश हमाल, भुवन के सी, अनमोल केसी, दिपाश्री निरौला, केकी अधिकारी, वर्षा राउत, सन्दीप केसी, शैलेन्द्र सिम्खडा, अन्जु पन्त लगायत क्यालिफोर्निया अाई पुगेका छन् ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अमेरिकामा बसोबास गर्ने नेपाली चलचित्रकर्मीहरु र नेपालबाट अाएका चलचित्रकर्मीहरुको जमघट रहने हुनाले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्न बर्षेनी ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अायोजना गर्दै आएको आयोजक संस्थामध्येका यज्ञलाल श्रेष्ठले बताए ।

सम्बन्धित समाचार