खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन

June 16, 2020

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्तालाक्पा छिरी शेर्पाका अनुसार विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिएका शेर्पाकोस्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो खुम्बु क्षेत्र तथा शेर्पा समुदायमालोकप्रिय शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो

चिकित्सकका अनुसार शल्याक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको हो स्वास्थ्य अवस्था स्थिर देखिएका कारणचिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताए दश महिना पहिले भारतको मेदान्त अस्पतालमाभर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराएका थिए त्यसपछि स्वीट्जरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँफर्केका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए

अध्यक्ष शेर्पाले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि उपाध्यक्ष टसील्हमू शेर्पालाई जेठ १२गते देखि कार्यवाहाक अध्यक्षको जिम्मेवारी दिएका थिए सोही बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष, कार्यपालिकासदस्य तथा कर्मचारी समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए पूर्व एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुकोजिल्ला कमिटी सदस्य पनि थिए उनका तीन छोरा छन्

सम्बन्धित समाचार