गायिका यसोधाको ‘आउछौ तिमी’ बजारमा

December 6, 2018

गायिका यशोदा खालिङ्ग राईको श्वरले सजिएको विभिन्न ५ गीतहरुको म्युजिक भिडियो बजारमा आइसकेको छ । म्युजिक भिडियो ‘यसोधा’ एल्बमको भाग १ र भाग २ मा समावेस गीतहरु हुन । सानैदेखिन गायन क्षेत्रमा रुचिका साथ लाग्दै आएकी यसोधाले अमेरिकामा आएर सन २०१२ मा पहिलो एल्बम ‘यसोधा’ भाग १ निकालेका थिइन । उक्त एल्बममा ८ वटा गीतहरु रहेका छन । यसोधा भाग २ बजारमा आउन अगावै त्यही एल्बमको ‘ आउछौ तिमी सुटुक्कै’ भन्ने गीतको म्युजिक भिडियो भर्खरै बजारमा ल्याएका छन ।

सोलुखुम्बु जुविङमा जन्मेकी यसोधाले पाचौ म्युजिक भिडियोसंगै चाडै यसोधा भाग २ बजारमा ल्याउन तयारी गरिरहेकी छिन  । बजारमा आएका उनको गीतको म्युजिक भिडियोहरुमा नसालु तिम्रो, आउछौ तिमी सुटुक्कै, जुठो होइन मेरो माया, मेरो मन अल्जेछ र चौरि गाई चराउदा भन्ने तामाङ सेलो भाकाको गीत रहेको छ । यी गीतहरुको शब्दा रचनाकारहरु आशुतोष राई, आर्जु विष्ठ सल्यानी, गीता खत्री र सन्जय बराल रहेका छन । संगीतकारहरुमा हरि लम्साल, आशुतोष राई र पविधन खलिङ रहेका छन । सबै गीतहरुमध्ये ३ गीतहरुको छायाङकन नेपालमा र २ गीतको अमेरिकामा भएको थियो । नेपालमा आटिष्ट नेपाल प्रोडक्सन र गणेन्द्र शर्माद्धारा छायाङकन गरिएको थियो भने अमेरिकााम मोक्तान डिजिटल र ओम मेघा स्टुडियोले छायाङकन गरेका थिए । यी गीतहरुमा मध्ये ‘आउछौ तिमी सुटुक्कै’ गीतको म्युजिक भिडियो यसै हप्ता बजारमा आएको छ ।

सम्बन्धित समाचार