गायिका रानीको यो बैशको मात सार्वजनिक

December 2, 2018

गायिका रानी शाक्यको नयां गीत ‘यो वैंशको मात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार ओम कर्माचार्यको रचना तथा संगीत रहेको गीतको म्यूजिक भिडियोको छायाङकन लरेल, मेरिल्याण्डमा गरिएको छ । म्युजिक भिडियोमा लक्ष्मण रिमाल र एटना कार्कीले ग्ल्यामरपुर्ण अभिनय प्रस्तुत गरेका छन । गीतको रिकर्डिगं कार्यदेखि म्यूजिक भिडियोको निर्माण कार्यको सबै काम न्यूयोर्कस्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शनबाट गरिएको छ । म्यूजिक भिडियोको क्यामरा, सम्पादन तथा निर्देशन समेत संगीतकार ओम कर्माचार्यले गरेका हुन ।

सम्बन्धित समाचार