गीतकार शेर्पाको ‘नरोउ तिमी ‘

November 24, 2017

बरिष्ठ गायक ल्हाक्पा शेर्पाले गाएको साझ ढालेको थाहै पाएन, तल पर्यो सल्लेरी, जस्ता चर्चित गीतहरुबाट चर्चा पाउन सफल गीतकार पासाङ शेर्पाको पहिलो गीति एल्बम ‘नरोउ तिमी भन्छौ’ चाडै श्रोता तथा दर्शक माझ आउन लागेको छ । बरिष्ठ संगितकार मदन दिपदिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी, नरेन्द्र प्यासीको संगीत रहेको यो एल्बममा बरिष्ठ गायक ल्हक्पा शेर्पासंगै, गायिका निखिता थापा, मेलिना राई, पहिलो नेपाल तारा दिपक लिम्बू र पहिलो नेपाल आइडल बुद्ध लामाको श्वर एल्बममा रहेको छ ।

‘ यो एल्बम रिलिज गर्न केही प्रविधिक कारणले ढिलाई भए पनि एल्बममा समबेश गरिएको “नरोउ तिमी भन्छौ भने” टाइटल गीतको म्युजिक भिडियो मंसिर १ गतेबाट विभिन्न नेपाली टेलिभिजन र युटु्ब फेसबुकबाट एकैसाथ रिलिज हुने भएको छ ‘ गीतकार शेर्पाले बताए । एल्बमको भिडियोमा चर्चित संगीतकार हरि लम्सालको संगीतमा, म तिम्रो नाफापेको मान्छे, मायासंग माया जस्ता र अन्य दर्जनौं चर्चित गीतहरु गाएर स्रोताको मन जितिसकेकी गायिका निखिता थापाको श्वर रहेकेा छ । विभिन्न म्युजिक भिडियोको साथै फाटेको जुत्ता नामक नेपाली चलचित्रको कुटुमा कुटु गीतबाट चर्चा कमाउन सफल मोडल तथा नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ । करिब ४ मिनेट ४५ सेकेन्डको म्युजिक भिडियोमा क्यामेरामेनमा अर्जुन तिवारी, सम्पादनमा निशान घिमिरे र मेकाप अर्टिस्टको रुपमा सामारा लामा रहेको छ ।

सम्बन्धित समाचार