गुरुङ तमु समाजको अध्यक्षमा बिजय गुरुङ

September 29, 2019

गुरुङ ( तमु) समाज न्युयोर्कको हालै सम्पन्न साधारण सभा तथा अधिबेसनले विजय गुरुङको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमितिमा चयन गरेको छ । त्यस्तै उपाध्याक्षमा राजमान गुरुङ,सचिवमा जंग बहादुर गुरुङ र कोषाध्यक्षमा ओम गुरुङ चयन गरेका छन । निर्वाचित अध्यक्ष गुरुङले गुरुङ समाज र गुरुङहरुको हितको लागि काम गर्ने उल्लेख गर्दै समाजलाई बलियो बनाएर लैजानको लागि सम्पूर्ण गुरुङहरु तथा युवाहरुको साथ र सहयोगको आवश्यक रहेको बताए । उनी गुरुङ समाजमा कोषाध्यक्ष र सदस्यको रुपमा दुई कार्यकाल काम गरी सकेका सकृया युवा हुन् भने जंग गुरुङले यसअघिको कार्यकालमा सहकोषाध्यक्षका रुपमा काम गरीसकेका छन् । त्यस्तै, सहसचिवमा तोरण गुरुङ, सहकोषाध्यक्षमा अन्जित गुरुङ चयन गरेका छन । अन्जित न्यूयोर्क गुरुङ फुटबल क्लबका ब्यस्थापक तथा संयोजक हुन् । यसैगरी सदस्यहरुमा भक्त गुरुङ, जीत गुरुङ, अलिशा गुरुङ, राज गुरुङ, ठम्मरसिंग गुरुङ, किरण गुरुङ, चन्दा गुरुङ, शान्ति गुरुङ र ओम ( बिक्की) गुरुङ विजयी भएका छन् ।

निर्वाचित नया कार्यसमितिका सदस्यहरुलाई निर्वाचन कमिटीका संयोजक टेक गुरुङले सपथ दिलाएका थिए । निर्वाचन कमिटीमा अमर गुरुङ र क्याप्टेन याम बहादुर गुरुङ सदस्य थिए । यसैबीच, निवर्तमान अध्यक्ष पदम गुरुङले समाजका लागि आफु बाहिर बसेर भएर पनि समाजको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साधारण सभामा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा अध्यक्षले प्रस्तुत गरेको संगठनिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । साधारणा सभामा शेर्पा किदुगले आयोजना गरेको २३ औं फुटबल तथा भलिबल प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार