‘घुसकाण्ड’ सार्वजनिक भएपछि दोलखाका सिडिओ मन्त्रालय तानिए

December 6, 2019

काठमाडौं– अभियुक्तका परिवारबाट घुस लिएको घटना बाहिरिए पछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालयमा तानिएका छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि प्रजिअ रिजाललाई छानबिनका लागि तानिएको हो ।

दुई भिन्न मुद्दाका तीन अभियुक्तसँग रिजालले बुधबार एक लाख ११ हजार रुपैयाँ ‘घुस’ लिएका थिए। उनले एक लाख रूपैयाँ मागेर दश हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका थिए।

रिजालले मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको छ ।

सम्बन्धित समाचार