चार्टड विमानबाट नेपाल जादाको दुखद यात्रा

June 26, 2020

निराकार उप्रेती
वासिङटनडिसिबाट जुनको २४ तारिख नेपाल जाने भनेर कतार एयरबाट टिकट बुक गरेका थियौ । दुई जनाको ३२ सय डलर तिरेपछि हामी पुरै तयारी भयौ । तर अचानक जुनको २१ तारिख कतारको डिसिबाट उडान रद्ध भयो । त्यो सुने वितिकै हामीले पुन: टर्कीस विमानबाट टिकट काटयौ । न्युयोर्कबाट उडान हुने भनेपछि हतारहतारमा हामीले कार रेन्ट गरेर २३ तारिख विहानको २ बजेनै ड्राइभ गरेर साढे ६ बजे जेएफकेतर्फ पुगियौ । विमानस्थलमा टर्कीसको काउन्टरबाट हामीले दुईटा अलग अलग सिट नम्बरको बोर्डिङ पास पाएका थियौ । बोर्डिङ पास लिदै गर्दा मनमा ट्रान्जिटमा बाहिर निस्कन पाइन्छ होला भन्ने भन्ने लागीरहेको थियो । विहानको १० बजेर २० मिनेटमा हामीले न्युयोर्क छोडयौ ।

मनमा अब नेपाल पुग्न पाइने भयो भनेर खुसी हुने हामी नेपालीहरुले विमान पुरै भरिएको थियो । चार्टड विमानमा चढेको साढे २ घण्टा पछि टमटर र चिज राखेको स्यानो चिसो र गिलो स्यानवेज साथमा मफिन र चिसो पानी दियो । त्यो खाए लगतै हामीसंग एक जना काकी तातो पानी खान खोजिरहनु भएको थियो । हामीले तातो पानी माग्दा उनीहरुले तातो पानी दिन मिल्दैन भन्यो । तातो पानी दिन मिल्दैन भनेपछि आफै उठेर क्याविन क्रु को छेउमा गएर सोधे । उनको जवाफ थियो ‘ यो विमान चार्टढ गर्दा जे सम्झौता गरेको थियो त्यही अनुसार यो खाना उपलब्ध गरेको हो हामीले तातो पानी दिनु मिल्दैन’ । उनले त्यो भनेपछि मैले अहिलेको अवस्थामा यहा वृद्धा नागरिकहरु हुनुहुन्छ कृपया मेरो अनुुरोध मिल्छ भने उहाहरुलाई दिने व्यवस्था गर्नुस । मैले जति अनुरोध गरे पनि उनीहरुले तातो पानी दिन नमानेपछि आफु सिटमा आएर बसे । त्यतिबेला हामी त युवा भएर पनि खासै केही त्यस्तो महसुस भएन तर हामी भन्दा ती वृद्धाहरु देखेर निकै माया लाग्यो । जसले तातो पानी माग्दा पनि पाएन । कतिपयले त त्यो स्यानवेज नखाएर फिर्ता दिएको पनि देखियो । उनीहरुको मनको पिडा देखेर निकै खल्लो लाग्यो ।

दुईटा बोर्डिङ पास पाएकोले स्तानबुलमा केही छिन बाहिर निस्केर केही खाना पाइन्छ की भन्ने मनमा लागेको थियो तर त्यहा पनि केही समय विमानभित्रै राखेर सिधै काठमाडौतिर लग्यो । न्युयोर्कबाट स्तानबुलसम्म मात्र होइन स्तानबुलदेखि काठमाडौसम्म पनि त्यही चिसो स्यानवेज मात्र दिएको थियो । पुरै यात्रामा यात्रुहरुले तातो पानी माग्दा पनि नपाएर निकै दुखको साथ त्यो यात्रा गर्नु परेका थियो । हामी पनि डिसिबाट विहानको २ बजेर हिडेर २८ घण्टासम्मको त्यो दुरिमा त्यही स्यानवेजले यात्रा पुरा गर्दाको नमिठो अनुव कहिल्यै विर्सन सक्दीन र यो महामारिमा सरकारले गरेको चार्टढ विमानमा भएको कमजोरी देखेर सामाजिक सन्जालमा पनि सेयर गरे । मेरो अनुभव सुनेर धेरै साथीहरुले व्यक्त गर्नु भएको थियो । त्यति महङगो रकम  तिरेर पनि विमानमा राम्रो खाना परै जाओस तातो पानी समेत नदिएकोमा हामीलाई पनि निकै खल्लो र दुख लागीरहेको छ । पैसा कमाउन भनेजस्तो अमेरिकामा सजिलो छैन । हामीले पनि विहानको ४ बजेदेखि वेलुकी ८बजेसम्म पढेर काम गरेर दुख गरेर कमाएको पैसा हो । त्यहा विमानमा म जस्ता अमेरिकामा काम गर्नेहरु थोरै मात्र थिए अधिकांस अमेरिकामा छोराछोरि भेटन आएको तर कोरोनाको कारण अमेरिकामै अडकिएर बस्नु परेकाहरु भिषा सकेर नेपाल र्फकन लागेकोहरु, विद्यार्थी भिषा सकेर र्फकन लागेकाहरु र अमेरिकामा पर्यटकको रुपमा घुम्न आएकाहरु थिए ।

न्युयोर्कदेखि काठमाडौसम्म चार्टढ फलाइडमा दिएको खाना

काठमाडौमा उत्रेपछि
जुनको २४ तारिख दिउसोको करिब ३ बजेर ३० मिनेटमा हामी काठमाडौ अवतरण भयौ । विमानको ढोका छेउमा हामीलाई लिन बस आइसकेको थियो । बसको झयालहरु पुरै बन्द भएपनि एसि चलेको थिएन । एसि नभएको बसभित्र करिब आधा घण्टा बस्नु पर्दा निकै कष्ट हुन थालेपछि हामीले झयाल खोल्न आग्राह गरेर झयाल खोलेपछि वल्ल आनन्द भयो । बसबाट झरेको वितिकै हामी सवैलाई पि सि आर जाच गरेको रिर्पोट माग्न थाल्यो । एक छिन हामी अलमल्लमा पर्‍यौ । नेपालमा पुगेको वितिकै पि सि आर को रिर्पोट एक हप्ताभित्रको चाहिन्छ भन्यो । हामीले जुन सुचना पाएको हो त्यसको आधारमा ल्याएको भनेपछि वल्ल जान दिइयो । त्यसपछि व्यागेज क्लेमतिर गयौ । त्यहा पनि कसको व्याग कता हो पुरै छरपष्ट थियो । हामीलाई पुरै सामान लिनका लागी डेट भण्टा भन्द बढि समय लाग्यो । त्यतिन्जेलसम्म ३२ घण्टा वितिसकेको थियो । बाहिर विभिन्न प्रदेशको नाममा बस कुरिरहेको थियो ।

शैनिकहरुले हामीलाई कता जाने भनेर सोध्यो हामीले प्रदेश ३ भनेर हामी परदेश ३ को बसभित्र गयौ । हामीसग त्यो बसमा जाने कतिपय वृद्धाहरु हुनुहुन्थ्यो । उहाहरुले सुटकेस बसमा राखिदिन आग्रह गरिरहेका थिए तर त्यहा खटिएका शैनिकले वेवास्ता गरेको देख्दा निकै दुख लाग्यो । वृद्धाहरुको अनुरोध शैनिकले नमानेपछि बाध्य भएर मैले उहाहरुको सामान बसमा राखी दिए । बस भरिएपनि तुरुन्त जान मानेको थिएन । हामी करिब ४५ मिनेट बसभित्रै कुर्न पर्‍यो किन हो थाहा भएन । बसमा धेरै कुर्न परेपछि हामीले बारम्बार अनुरोध गरेपछि बस अगाडी बड्यो ।

बसले हामीलाई बसुन्धारको पाटी प्यालेसमा पुर्‍यायो जहा बाटो पानीले हिलाम्या थियो । हामी सुटकेसहरु हिलोमै गुडाउदै गयौ । त्यहा पनि शैनिकहरु खटिएका थिए तर कोही पनि शैनिकहरुले हामीसंगैको वृद्धाहरुको सामान झार्न सहयोग गरेनन  । सामान सहित हामी पाटी प्यालेसभित्र पस्यौ । सामान एक ठाउमा थन्काएपछि १० रुपियाको सिमकार्ड दिने बेलामा वल्ल हाम्रो सबै सामानहरु स्यानिटाइज गरियो । जुन विमानस्थलमा गरिएको थिएन । हामी सवा ६ बजेतिर पुगेको थियो त्यतिखेर बुबा आइपुग्नु भएको रहेछ । बुबाले हामी ३ जनाको जिम्मा लिनु भए लगतै मिलाउनु भएको क्वारेन्टाइन होटलमा बसियो । यो हाम्रो यात्राको अन्तिम थियो । क्वारेन्टाइनको होटलमा बेलुकीको खाना खाएर आराम गरेपछि बर्दलीबाट हेदै गर्दा रातको ९ बजेतिर अरु यात्रुहरु पनि निकै दुखका साथ त्यहा आइपुगेको देख्दा निकै दुख लाग्यो । सटल बसबाट उहाहरुको त्यो दुखित अनुहार देख्दा निकै नरमाइलो लाग्यो ।

सुझाव
यो महामारीको बेला सरकारले उद्धारनै गर्ने भनेर विदेशबाट ल्याउने भएपछि कमसेकम १५ दिन वा एक महिनादेखि राम्रो गृहकार्य गर्नु पथ्र्यो तर त्यो नगरेको देखियो । आफनो जनतालाई स्वदेशमा चार्टडनै गरेर ल्याउदैछ भनेर त्यतिको महाङगो टिकट काटन लगाएपछि यस्तो बेलामा कमसेकम पोष्टिलो खाना र तातो पानी दिनु पथ्र्यो । अन्तराष्ट्रिय विमान बन्द भएपछि विदेशबाट चार्टड गरि ल्याएको यात्रुहरुलाई स्यानिटाइज र सिमकार्ड दिने सवै काम विमानस्थलमै भएको भए यो दुख भोग्नु पदैन थियो भने सरकारको पैसाको अनावस्याक दुरुपयोग हुदैन थियो ।

सुचनामा पि सि आर वा आरडिटि जुन भएपनि हुने भनेपनि काठमाडौमा पुगे लगतै एकहप्ताभित्रको पि सि आर चाहिन्छ भनेर यात्रुहरुलाई सोधेको थियो जुन यात्रु र सरकारको वीचमा राम्रो सुचना प्रवाह भएको देखिएन । तर यदि सुचनामा त्यो उल्लेख गरेको भए पि सि आर एक हप्तामै गरेर जाने थियौ । त्यो गरेको भए यात्रुहरु सिधै घरमा गएर क्वारेन्टाइन गर्न मिल्दो रहेछ भन्ने त्यही गएर मात्र थाहा भयो । नेपाल सरकारले शैनिकलाई त्यहा खटाएको देखियो राम्रो कुरा हो तर उनीहरुले मानवीय रुपमा पनि कमसेकम बृद्धाहरुको सामान बसमा चढाइदिनु र गन्तब्यमा पुगेपछि भारिदिएको भए धेरै राम्रो हुन्थ्यो । त्यस्तो मानवीय सेवा र सहयोगको लागी सरकारसग आग्रह गर्दछु । अन्तमा नेपाली दुताबास वासिङटनडिसिलाई धन्यवाद दिन चाहान्छु तर उहाहरुले भने जस्तो सहयोगी भावना व्यवहारमा कार्यन्वयन गर्न नसकेकोमा यो दुख पोखेको छु । आशा छ चाडै सुधार हुनेछ ।

अमेरिकाको वासिङटनडिसिस्थित इको एग्रीकल्चर पार्टनरका हेड अफ फाइनन्स तथा एडमिन निराकार उप्रेतीले एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पासंग गरेको कुराकानीमा आधारित

सम्बन्धित समाचार