चिनियाॅ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी निर्देशन

July 22, 2020

न्युयोर्क संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्नआदेश दिएको

चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुयाउने भन्दै विरोधगरेको

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको पछिल्लो समय अर्धस्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तिब्र असन्तोषव्यक्त गरेको

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिकासमक्ष आग्रह गरेको बताएका छन् उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त आवश्यक कदम चाल्नेचेतावनी दिए 

उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीनअमेरिकासम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ बताए

ह्यूस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए

ह्यूस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुँवा निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताउनुभयो

सम्बन्धित समाचार