जनजाति महासंघ अमेरिकाद्वारा पाँचौं चरणको स्वास्थ्य सामग्री वितरण

June 13, 2020

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले कोरोना संक्रमण सुरूवात देखी नै नेपाली समुदायको सेवामा राहत तथा उद्दारमा निरन्तर गदै आएको छ ।

महासंघले आफनै सदस्य सस्थाहरुको साथै अन्य सस्था तथा समुदायलाई पनि सहयोग गदै आइरहेको जनाएको छ । ती संस्थाहरुलाई फिप्नाको तर्फबाट विभिन्न समयमा कोरोना संक्रमण संग वच्ने पिपिइ समाग्री उपलब्ध गराउने क्रममा यसै हप्ता पाचौं चरणमा फिप्नाका ८ सदस्य सस्थाहरुलाई सहयोग सामाग्री वितरण गरेको छ ।

महासंघले यस पटक युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीकालाई सर्जिकल माक्स २ सय ५० थान, पन्जा १ हजार प्रति, घ्यालसुम्धो सेवा संस्था अमेरीकालाई सर्जिकल माक्स ५० प्रति, पन्जा १ हजार प्रति, नुब्री एसोसिएशन अमेरीकालाई पन्जा १ हजार प्रति , गुरूङ तमु सोसाइटी अमेरीकालाई सर्जिकल माक्स ५० प्रति , पन्जा १ हजार प्रति , मुगुम एसोसिएशन अमेरीकालाई सर्जिकल माक्स ५० प्रति , पन्जा ६सय प्रति , तामाङ सोसाइटी अफ अमेरीकालाई सर्जिकल माक्स ५० प्रति , पन्जा ६सय प्रति र शेर्पा संघ अमेरीकालाई सर्जिकल माक्स ४६ प्रति र पन्जा २०० प्रति वितरण गरेको जनाएको छ । यी सस्थाहरुको साथै प्रत्येक दिन व्यक्तीगतरूपमा आएका केही परिवारलाई आवश्यक सामाग्री निरन्तर वितरण गर्दै आईरहेका फिप्नाको अध्यक्ष लोक चेम्जोङले जानकारी दिएको छ ।