जनजाति महासंघ इजरायलको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो

June 25, 2020

नेपाल आदिवासी जनजाति महासंघ ( नेफिन) इजरायलको ८ औं वाषिर्क साधारण सभाले अध्यक्षमा  पेम्बा डोल्मा ह्योल्मोलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । उनी समाज इजरायलकी निवर्तमान अध्यक्ष हुन । साधारण सभामा निर्वाचित अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा छोङ्बा शेर्पा, उपाध्यक्षहरु देव खालिङ, नानिमाया तामाङ, नुमा काङ्भा बखिम, स्वस्तिका श्रेष्ठ र खुसी घले छन् भने महासचिवमा सूर्यबहादुर रानामगर, प्रथम सचिवमा आङ्िनमा तितुङ्ग तामाङ, सचिवहरुमा सोनी तमुस्यो, कसिस बान्तवा राई, खेन्डो ओमु ह्योल्मो , राजकुमारी श्रेष्ठ र ल्हाक्पा डोमा शेर्पा चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा आईन्द्र योङ्या लिम्बु र सहकोषाध्यक्षमा जमुना थापामगर छन् । यस्तै, सल्लाहकारहरुमा तारा काउचा मगर, मनु श्रेष्ठ, समिर श्याङ्बा ह्योल्मो , गीता तुम्बाहाम्फे, डम्बर गुरुङ, बालकुमार राई, अनिला मोक्तान तामाङ्ग र दोर्जे शेर्पा रहेका छन् ।


२०४७ सालमा, नेपाल ह्योल्मो समाज सेवा संघले ह्योल्मो आदिबासी जनजातिहरुको जातिय प्रतिनिधित्व गर्दै तत्कालिन नेपाल जनजाति महाासंघको सदस्यता लिएपछि करीव ३० बर्षको समयावधिमा पहिलो पटक बिदेशमै भएपनि नेपाल आदिबासी जनजाति महासंघ ईजरायलको अध्यक्षमा ह्योल्मो सोसाईटी ईजराईलका भू पू अध्यक्ष, पेम्बा डोल्मा ह्योल्मो सर्वसम्मतिबाट चयन भएको हो । नेफिन इजरायलकी नवनिर्वाचित अध्यक्ष पेम्बा डोल्मा हृयोल्मो नेपालको सिन्धुपाल्चोक जिल्ला, पाचपोखरी गाउपालिका वडा नं.२ बरुवा -भ्रवाल) स्थायी घर भई हाल वैदेशिक रोजगारको सिलसिलामा विगत लामो समयदेखि इजरायलमा कार्यरत छिन् । नेपालको आदिवासी जनजातिको हकहित तथा अधिकारको क्षेत्रमा ह्योल्मो समाज इजरायलको निर्वतमान अध्यक्ष, हाल प्रमुख सल्लाहकारमा रहि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा लागेकी एक सामाजिक अभियन्ता समेत हुन् ।

सम्बन्धित समाचार