जनसम्पर्क समिति अमेरिका संगठित हुन त्याग र सर्मपण चाहिन्छ

June 13, 2018

पिताम्बर भुषाल
तीन बर्षमा गरिनु पर्ने जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन समयमै नहुनुले हामी सबैलाइ चिन्तित तुल्याएको छ । कूनै पनि संगठनले गर्नु पर्ने अधिवेशन , महाधिवेशन समयमै गरियो भने त्यों संगठनले गति लिन सक्छ । त्यसमा आबद्द सदस्यहरू संगठित र कृयाशिल हुन्छन् । तर यहॉ हाम्रो कार्यकाल बितेर पनि १ बर्ष पुग्न लाग्दा यस सम्बन्धि कूनै काम न गरिनुले यतिबेला अन्यौलता छाएको हो ।

अमेरिकामा जनसम्पर्क समितिमा आबद्ध रहेका साथीहरुको सबैको चासो र चिन्ता भनेको जनसम्पर्क समिति अमेरिकाको भविश्य के होला भन्ने रहेको देखिएको छ । महामानव बिश्वेश्वर प्रसाद कोईरालाले नेपालको राजनीतिक परिवर्तनको महान् उद्धेश्य लिएर शुरु गरेको भए पनि यस संस्था यसको मर्म बाहिर गएर अमेरिकामा भने स्थापना देखी नै यो संस्था बिबादमा रुमलिएको छ । स्थापना हुंदा देखी नै बिबादमा रहेको जनसम्पर्क समिति सदैव बिबादमा रहंदा अमेरिकामा रहेका जनसम्पर्क समितिमा आवद्ध साथीहरुलाई संस्था प्रति नै बितृष्णा पैदा गर्ने खतरा बढ्दै गएको छ। जनसम्पर्क भन्दा बाहिरका अन्य ब्यक्तीहरुलाई जनसम्पर्क भनेकै आपसमा लडाई गरेर बस्ने संस्था भन्ने जस्तो नकारात्मक प्रचार गर्न पाउने मनोरंजनको माध्यम बनेको अवस्था छ ।

जनसम्पर्क समिति अमेरिकावासि नेपालीहरुको सबैभन्दा धेरै च्याप्टर भएको सकृय संस्था हो।यस संस्थालाई हामीले लामो समयसम्म निस्कृय पारेर बस्यौ भने यसको गरिमा घट्ने खतरा हुनेछ । यतिबेला हामीले हाम्रो संस्थालाई मजबुत बनाएर यंहाका अन्य संस्था भन्दा उत्कृष्ट बनाउनका साथै नेपालको मातृ पार्टी समक्ष पनि उदाहरण प्रस्तुत गर्नुछ । हामी पनि नमिल्ने अनि हाम्रो मातृपार्टी मिलने, आपसमा गुट बन्दीमा लाग्यो भन्ने तर्क गर्नु बेकारको कुरा हुन्छ । हामीले परिवर्तन चाहाने भने परिवर्तन आफैबाट शुरु गर्नु आवश्यक छ । त्याग र आपसि छलफल बिना कुनै पनि संस्थाको हित हुंदैन, हामीले कसैले पनि त्याग गर्न पनि नखोज्ने अनि मेरो गोरुको बार्है टक्का भने जस्तो सबै आफ्नो अडानमा रहेर अब जनसम्पर्क समितिको भविश्य झनै खतरामा पर्नेछ । जनसम्पर्क समिति भनेको मातृभुमीमा रहेको हाम्रो माउ पार्टी नेपाली कांग्रेसको भातृ संस्था हो ।

नेपाली कांग्रेसले अहिलेको चुनावमा नराम्रो हार ब्यहोर्नु पर्दा हामी सबै जनसम्पर्क समितिका सदस्यहरुले समेत हारेका छौं । अहिले जसरी पार्टी केन्द्रमा चुनाव देखी सगंठनको बारेमा समिक्षाको बहस तातेको छ र यंहा पनि हामीले यो सगठनको बर्तमान दुर्दशा ,तिन बर्ष सम्म भए गरेका कृयाकलाप र यसको भविष्यका बारेमा बहस गर्न उपयुक्त समय हो भन्ने मलाई लाग्दछ । त्यसैले यतिबेला हामीले हाम्रो काम ,हिजो के भएको थियो भन्दा पनि बिगतलाई राम्ररी समिक्षा गरेर अब कसरी अगाडि बढ्ने , सगठनलाइ कसरी मज़बूत बनाउने बिषय महत्वपुर्ण हो जस्तो लाग्दछ ।

स्थापना देखि देखिदै आएको बिबाद टेक्सासमा भएको ऐतिहासीक अधिवेशनबाट नयां नेतृत्व चयन भए पछि सदाका लागि अन्त्य होला भन्ने सबैमा बिश्वास थियो । जसरी टेक्सासमा हामीले लोकतान्त्रिक प्रकृयालाई आत्मसात गरेर चुनावबाटै नयां नेतृत्व चयन गर्न सफल भयौं, त्यो उत्साह र बिश्वासलाई हामी र हाम्रो नेतृत्वले कायम राख्न र आम कांग्रेसका भावनालाइ सम्बोधन गर्न नसकेको भनेर बिरोध आउनु लाइ बिरोधका लागि बिरोध हो भन्दा पनि हामीले के साच्चै त्यों भावना अनुरूप काम गर्न सकेनौ की भनेर समीक्षा र आत्मसाथ गर्न न सक्नु आफैमा दुखद कुरा हो । बिष्णु सुबेदीको नेतृत्व पालामा भएका केहि महत्वपुर्ण कामहरु र उंहाको नेतृत्वमा भएका प्रयासलाई हामीले स्वामित्व ग्रहण नगरि अगाडि बढ्न खोज्नु पनि मुर्खता थियो ।त्यसै गरि अधिवेशनबाट बनेको आनन्द बिष्ट नेतृत्वको समितिलाई पनि शुरुदेखी नै सहज रुपमा काम गर्ने दिएर समस्याको समाधान निकाल्न तर्फ भन्दा पनि हाम्रा केहि साथीहरु नेतृत्वलाई फेल गराउने तर्फ लागेको तितो अनुभव पनि सबैले आत्मसात् गर्नुपर्दछ । तर यही कुराको जरोमा टेकेर आफूले गर्न नसकेका राम्रा कामको लागि अरू माथी दोष थोपरेर पानी माथीको ओभानो बन्न खोज्नु नै सस्थाको अधोगति हुनु हो ।

भर्जिनिया साधारण संभाले बीपीको शालिक राख्न मलाइ जिम्बेवारी तोकेको थियो। मैले आफ्नो काम गर्न शुरू गरेर यहॉको सिटी , काउन्सिल र अन्य संस्था संग समन्वय गरि शालिक राख्ने स्थानको पहिचान गरि त्यसका लागि चाहिने १ लाख पचास हज़ार देखी २ लाख पचास हजार बजेट लाग्ने बारेमा समेत सभापती लाइ जानकारी गराएको हु ।र मैले बिपीको शालिक अमेरिकाको पार्कमा राख्ने मेरो सम्पूर्ण योजना पार्टीमा नेपाली काग्रेसका पार्टी महामन्त्री शशांक कोइरालालाइ बुझाए पछि उहॉले सेप्टेम्बरमा मलाइ पत्र पठाएर बी पीको शालिक अमेरिकामा राखिनु सराह्ननिय काम भएको र त्यसका लागि नेपाली काग्रेस हरेक प्रकारले सहयोग गर्न तयार रहेको र सबै काग्रेसका कार्यकर्ताले सहयोग गर्न आब्हान गर्नु भएको छ ।
बि.पीको शालिक न्यू योर्कको सार्वजनिक पार्कमा राख्न सम्पूर्ण योजना ,पूर्वाघार र काम सकिएको छ । यहाको सरकारी निकाय संग गरिनु पर्ने कामहरू भएका छन् र हामीले शालिक राख्न बुझाउनु पर्ने रोयल्टी , त्यसको निर्माणमा लाग्ने ख़र्चको ब्यवस्था न भएकोले ढिलाइ भएको हो। म जनसम्पर्क समितीको कूनै पदमा रहे पनि न रहे पनि यो शालिक राख्ने कामको जुन काम , पूर्वाघार र योजनमा बनेको छ म त्यसलाइ पुरा गर्न तन मन र घनले लाग्ने छु । र डेड देखी दुइ लाख पचास हजारको आर्थिक ब्यवस्थापन गर्न साथीहरू अगाडी आउनुस् केही महिनामा यो काम म फत्ते गर्ने वाचा गर्न चाहन्छु ।
नयां समिती बनेपछि नेपालमा गएको महाभुकम्पका बेला उठेको रकम र नेपालमा गरेको सहयोग पनि महत्वपुर्ण उपलब्धी हो । यद्यपी त्यहि महाभुकम्पले हाम्रो सस्थामा महाभुकम्पको पैसा हिनामिना रूपी महाबिपत्ती ल्याएको तितो अनुभव छ ।र यही बिपतीले हाम्रो सस्थालाइ तहस नहस पारेको छ ।

नेपालमा भएका बिभिन्न चरणका निर्बाचनमा जनसम्पर्क समितिका बिभिन्न नेतृत्वहरू गांउ गांउमा पुगेर गरेको मेहनत र उंहाहरूको मेहनतको हामीले उच्च मूल्याँकन गरिनु ज़रूरी छ। अहिले हामीसंग निर्बाचित समितिको म्याद पुरा भइसकेको छ । पार्टीले तत्काल कुनै काम नगर्नु भनेर पत्रचार गरिसकेको अवस्था र निर्बाचित अध्यक्ष आनन्द बिष्ट पनि आमन्त्रित केन्द्रिय सदस्यमा पदोन्नती भएको कारणले आम सदस्यहरु बिच अबको निकास के भन्ने बिषयले थप चर्चा पाउनु स्वभाविक हो । के हामी पदमा बस्ने साथीहरूले भर्जिनिया साधारण सभाले दिएको म्याण्डेट अनुरूप काम गरियो ? तिन बर्ष सम्म एउटा पनि च्यापटरको अघिबेसन गराउन न सक्नु लाक्षी पन होइन ? सुतेको मानिस् लाइ ब्यूताउन सकिन्छ । सुतेको भान गर्ने लाइ केही गरे पनि उठाउन सकिदैन । यो संगठन बनाउने ज़िम्मा तपाइ हाम्रो हो त्यसमा मैले मेरो जिम्बेवारी कती पुरा गरे भनेर छातीमा हात राखेर सबैले सोचौ ।

अब पनि हामीले यो सस्थालाइ संस्थागत गर्ने त्यस समयमा देखिएका खराब कुराहरुलाई सुधारेर नयां तरिकाले अगाडि जान सकेनौं भने जनसम्पर्क समिति अमेरिका अझै कमजोर , लथालिग र बिस्थापनको सघारमा पुग्ने निश्चीत छ । यतिबेला धेरै साथीहरु पार्टीले के पत्र पठाउला वा केन्द्रका कोहि नेता आउंदा के बोल्लान् भनेर आशा गरि प्रतिक्षा गरेको देखिन्छ । आज अमेरिकामा यो संगठन लथालिग छ ।सबै च्यापटरहरूको नेत्रित्व बिहिन छन् । तिन बर्षमा हामिले अघिबेशन गरेर नयॉ नेत्रित्व लाइ समिती सुम्पिन न सक्नु बर्तमान समितीको सबै भन्दा ठूलो कमज़ोरी हो । पुर्व संयोजक बिष्णु सुेवदी लगायतका साथीहरु पनि बिष्ट नेतृत्वको समितिको समय सकियो र यो समितिले गराउने अधिवशेनमा भाग लिदैनौ भन्दै आएका छन् ।र एक पक्ष लाइ न मनाइ कन अघिबेशन संभव पनि छैन । र आनन्द जीको नेतृत्वको समितिले हामी नै आधिकारीक हो भन्ने अडानमा रहने हो भने कसरी समाधान होला र ? कूनै पनि चिजको लिमिटेसन हुन्छ यो समितीको म्याद सिद्दीएको छ र म्याद सिद्दीए पछि पनि निर्वाचित समिती भन्दै यस लाइ बर्तमान नेत्रित्वले कति समय सम्म बन्धक बनाएर राख्ने हो ।
यो नेत्ित्वले जती राम्रो गरेका छौ भनेर रट लगाउने , हामीले नै निर्वाचन गराउछौ भने पनि र सस्थालाइ खल्तीको बनाउन खोजे पनि सबै लाइ थाहा छ यो नेत्रित्व कती अनपपुलर भएको छ। यो सस्थाको साख गिरेको छ। म आफै निर्वाचित केन्दीय सदस्य भएको र आज हामीले गरेका काम सस्थको भएको बद्नामीले लज्जित हुनु परेको छ। हामीले आपसी सल्लाहा गरेनौ ख़ाली यो सस्थालाइ आफू माथी चढ्ने भरयाग बनायौ । हामीले संस्था बलियों बनाएनौ ब्यक्ती बलियों बनायौ । सस्थामा अनुशासन क़ायम गर्न सकेनौ । गर्नु पर्ने ठोस् र उपलब्धि मूलक काम गर्न सकेनौ । जसको परिणाम आज संस्था घरासायी र बिघटनको सघारमा पुगेको छ ।!
हामीले अब अर्को निर्बाचनमा दुइ ठुला पार्टी मिलेर बनेको नेकपालाई हराउन मातृ पार्टी नेपाली काग्रेसलाई धेरै टेवा पुर्याउन सक्ने जनसम्पर्क समिति निर्माण गर्नु ज़रूरी छ । चुनाव हारेको यो ५ बर्ष लाइ सगठित् र एकता पूर्वक काम गरेर यस लाइ उपलब्ध समयको रूपमा उपयोग गरेर काम गर्न सकेनौ भने हाम्रो संस्था मात्र होइन माउ पार्टीलाई पनि धेरै घाटा पर्नेछ । त्यसैले सबै साथीहरुले अब यो समयलाई जनसम्पर्क बलियो बनाउने संस्थाको रुपमा लिन आवश्यक छ ।
आनन्द बिष्टजी आमन्त्रित केन्दीय सदस्य बनेको अवस्था , हाम्रो म्याद पनि सकिएको अवस्था छ र यसका लागि बर्तमान नेत्रित्वले जन सम्पर्क समिती अमेरिकालाइ निकास दिनु ज़रूरी छ । अव आफ्नो स्वार्थ सिद्दीका लागि संगठन लाइ बन्धक बनाएर राख्नु हुदैन भन्ने मेरो मान्यता हो । यथा स्थितीमा यहॉ अधिवेशन हुने कूनै संभावना छैन् । ३९ तिर मुख फर्किएको यो म्याद सिद्दीएको समितीलाइ पुन: ब्यूताएर पनि अधिवेशन हुने संभावना छैन् । र साथीहरूले याद गर्नु पर्ने कुरा हो डा. सुरेन्द्र देवकोटाले पनि हिजो पार्टीले मान्यता दिदा दिदै पनि सबै लाइ समेटेर जान सकिन्छ भने भनेर आफ्नो समितीलाइ निर्वाचित समिती भनेर बन्धक बनाइ न राखेर २००९मा न्यू जर्सी वार्ता बाट आनन्द बिष्टले नेत्रित्व गरेको समिती र आफ्नो समिती लाइ बिघटन गरि खग्रेन्द्र जि सी दाईको नेत्रित्वमा एकताको दोस्रो महाधिवेशन तयारी समितीको निर्माण भएको थियो । र त्यती खेर डा देवकोटाको म्याद पनि सिद्दीएको थिएन र उनले मेरो समितीको म्याद छ भनेर बखेड़ा निकालेका थिएनन् ।उनले गरेको त्यों त्यागको इतिहासले मूल्याँकन अवस्य गर्ने छ । र त्यों एकता वार्ता गराउने , पहल गर्ने र सारा चाजो पाजो मिलाउने वेद प्रसाद खरेल जीले त्यों एकताको हस्ताक्षर सहितको सम्झौता सार्वजनिक गरेमा शायद सबै लाइ त्याग गर्न प्रेरणा मिलथ्यो की ?
यो अवस्थामा हामीले अब आपसी बिबाद भन्दा माथी उठेर केन्द्र समक्ष सबैको आवाज समेट्न सक्ने तदर्थ समितिको निर्माण र त्यसलाई निश्चीत समय तोकेर अधिवेशन गर्ने म्याद लिन लाई पहल गर्ने बेला आएको छ ।यदी यसो गरिएन भने जनसम्पर्क समिती अमेरिकाको बिबाद समाधान होला जस्तो मलाई लाग्दैन। अझै पनि हामीले यो संस्था लाइ बलियों , एकीकृत र सगठित् बनाउनु ज़रूरी छ । सबै मिलेर तदर्थ समितीको निर्माण , तदर्थ समितीले तोकिएको समयमा सबैलाइ समेटेर निर्वाचन गराएर निर्वाचित समितीलाइ ज़िम्मेवारी हस्तान्तरण र निर्वाचित समितीले संगठन लाइ लिएर , एकीकृत र सगठित् बनाउनु ज़रूरी छ। आउनुस् सबैले त्याग गरौ र जनसम्पर्क समिती अमेरिकालाइ बचाउं । समय आउछ तर पर्खदैन । बगेको खोला फर्किदैन । मलाइ आशा छ सबै लाइ त्याग गर्न प्रेरेणणा मिलथ्यो की ?
जय नेपाल !

लेखक जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य तथा कानुन बिभाग प्रमुख हुन् ।

सम्बन्धित समाचार