जिपि फाउण्डेसनमा ८ जना मनोनित

March 22, 2019

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजा प्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपि कोइराला फाउण्डेसनको अमेरिका शाखामा ८ जना सदस्यहरु मनोनित गरेको जनाएको छ । फाउण्डेसनले जारी गरेको विज्ञाप्ती अनुसार मनोनीत सदस्यहरुमा छेमागं लामा, छिरिङ राप्के लामा, श्याम कार्की, प्रेम पौंडेल, राम श्रेष्ठ, सुश्री दावा शेर्पा, बिग्यान खनाल र टेम्वा शेर्पा रहेका छन । त्यस्तै सस्थाको कानुनि सल्लाहकार समितिमा गिरीजा गौतम सयोंजक र सदस्यहरुमा ऊमा शाह, डा. राजन पन्त र डा. दुर्गा दाहाल चयन भएको जनाएको छ । फाउण्डेसनले अमेरिकाको ५ वटै विभिन्न क्षेत्रहरुमा क्षेत्रिय सयोंजकहरु छिट्टै चयन गर्न लागेको अध्यक्ष सोमनाथ घिमिरेले जनाएको छ ।

जिपि फाउण्डेसन विज्ञाप्ती

gp bigyapti

सम्बन्धित समाचार