टेबलटेनिस प्रतियोगितामा सौरव राई प्रथम

August 14, 2018

लक्षेण फाउण्डेसनले न्युयोर्कमा दोश्रो टेबलटेनिस प्रतियोगिताको आयोजना गरियो । प्रतियोगितामा पुरुष तर्फ सौरव राई प्रथम, तेन्जिङ गेलेक दोश्रो र देण्डुप शेर्पा तेस्रो भएका थिए । प्रथम हुने राई समाजसेवि केशबराम राईको छोरा हुन । त्यसैगरि महिला तर्फ तेन्जिन डोल्मा प्रथम भएका थिए भने याङजी शेर्पा दोश्रो र प्रकृति कंसाकार तेस्रो भएका थिए ।

प्रतियोगितामा दर्जनौ खेलाडीहरुले भाग लिएका थिए । फाउण्डेसनले आगामी वर्ष पनि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । प्रतियोगिताको लागी विभिन्न सस्थाहरु तथा व्यापारिक सस्थाले सहयोग गरेको फाउण्डेसनले जनाएको छ ।

सम्बन्धित समाचार